एकाग्रता « Khabarhub

एकाग्रता


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक किसानले इनार खन्न शुरु गर्‍यो । दश हातजति खन्दा पनि पानी ननिस्केपछि निराश भएर फेरि अर्को ठाउँमा खन्न शुरु गर्‍यो । त्यहाँ पनि दश हातजति खन्दा पानी ननिस्केपछि फेरि अर्को ठाउँमा खन्न शुरु गर्‍यो । यसरी पाँच–सात ठाउँमा खन्यो । तर कतैबाट पनि पानी निस्कने । ऊ एकदमै निराश मन लिएर घर फर्क्यो ।

अर्को दिन उसले आफ्ना सबै कुरा धर्मगुरुलाई सुनायो । धर्मगुरुलले उलाई सम्झाउँदै भने— तिमीले पाँच ठाउँमा दशदश हात खनेर पचास हात जमिन खन्यौ । यदि तिमीले अलगअलग ठाउँमा नखने एकै ठाउँमा खनेको भए पानी अवश्य आउँथ्यो । एकाग्रताका साथ एकै ठाउँमा खन र जबसम्म पानी आउँदैन खन्न नछोड । तिमी अवश्य सफल हुनेछौ ।

किसानले दृढ निश्चयका साथ एक पटक पेरि खन्न सुरु गर्‍यो  । लगभग बीस हात खनेपछि पानी भेटायो ।

साभार  : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ५ : १३ बजे

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०

विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित

काठमाडौं – आइसिसी टी-२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि