विल गेट्स र मेलिन्डाले गरे सम्बन्ध विच्छेदको घोषणा « Khabarhub

विल गेट्स र मेलिन्डाले गरे सम्बन्ध विच्छेदको घोषणा


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वकै धनाढ्यमध्ये एक एवं माइक्रोसफ्टका संस्थापक विल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले  सम्बन्ध विच्छेदको घोषणा गरेका छन् ।

२७ वर्षअघि वैवाहिक जीवनमा जोडिएका दुबैले सम्बन्ध विच्छेदको घोषणा गरेका हुन्।​

विश्वभर उदाहरणीय जोडीको रुपमा रहेको यो जोडीले धेरै लामो छलफलपछि यो निर्णयमा पुगेको सामाजिक सञ्जाल ट्वीटमा उल्लेख गरेका छन् ।

‘धेरै सोच–विचार र हाम्रो सम्बन्धमा काम गरेपछि हामीले हाम्रो सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका छौँ, ट्वीटमा लेखिएको छ ।

अलग भएपछि पनि दुवैले विल एण्ड मिलिन्डा फाउन्डेसनको काम जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

सन् २००० मा स्थापना गरिएको यो फाउन्डेसनले अहिलेसम विश्वभर विभिन्न क्षेत्रमा लगभग ५४ बिलियन डलरको सहयोग गरिसकेको छ।

६५ वर्षीय विल गेट्स र ५६ वर्षीय मिलिन्डाको माइक्रोसफ्ट मै भेट भएपछि सन् १९९४ मा विवाह भएको थियो । उनीहरूका तीन सन्तान छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ८ : १० बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी