अमेरिका प्रवेश गर्न पाउने शरणार्थीको संख्या बाइडेन प्रशासनले बढायो « Khabarhub

अमेरिका प्रवेश गर्न पाउने शरणार्थीको संख्या बाइडेन प्रशासनले बढायो


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिका प्रवेश गर्न पाउने शरणार्थीको संख्या अब बढ्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना पार्टी भित्रबाट तीव्र आलोचना भएपछि वार्षिक रुपमा अमेरिका प्रवेश गर्न दिने आप्रवासीको संख्या १५ हजारबाट बढाएर ६२ हजार पाँच सय बनाएका छन्।

डोनाल्ड ट्रम्प प्रशासनले तय गरेको अधिकतम १५ हजार आप्रवासीकै नीतिमा बस्ने निर्णय गरेका बाइडेनले विरोधपछि मात्रा बढाएका हुन्।

डेमोक्र्याटिक पार्टी भित्रका प्रोग्रेसिभ तथा शरणार्थी एजेन्सीहरुले वार्षिक रुपमा प्रवेश गर्न दिने आप्रवासीको संख्या १५ हजार नै राख्नु अमानवीय रहेको भन्दै तीव्र आलोचना गरेका थिए।

बाइडेनले संख्या बढाउने घोषणा गर्दै भनेका छन्, ‘न्यूनतम मात्राले अमेरिकी मूल्य–मान्यताको प्रतिनिधित्व गर्दैन।’

धेरै आप्रवासीलाई प्रवेश दिँदा मेक्सिको–अमेरिका सीमा क्षेत्रमा आप्रवासीहरुको संख्या बढ्न सक्ने चिन्ता राष्ट्रपति बाइडेनमा रहेको स्रोतहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

बाइडेनले सोमबार वार्षिक शरणार्थीको संख्या ६२ हजार पाँच सय बनाउने घोषणा गर्दै यसले पूर्व राष्ट्रपति ट्रम्पले तय गरेको इतिहासकै कम संख्याको नीतिलाई मेटाएको बताएका छन्।

आउँदो वर्ष वार्षिक रुपमा प्रवेश गर्न दिने शरणार्थीको संख्या एक लाख २५ हजार बनाउने योजना आफ्नो प्रशासनको रहेको पनि बाइडेनले बताएका छन्।

तर अघिल्लो प्रशासनले शरणार्थीका सम्बन्धमा गरेका खराब निर्णयका कारण भएको क्षति मिलाउने क्रममा यो वर्ष वा अर्को वर्षको लक्ष्य पूरा गर्न भने कठिन भएको र यो तितो यथार्थ रहेको राष्ट्रपति बाइडेनले बताएका छन्।

अमेरिकाको रेफ्यूजी प्रोसेसिङ्ग सेन्टरका अनुसार गएको अक्टोबरदेखि मार्चसम्ममा झण्डै दुई हजार शरणार्थी अमेरिका प्रवेश गरेका छन्। विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ११ : २१ बजे

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक