अन्तरिक्ष प्रतिष्ठान नेपालका टोलीलाई छात्रवृत्ति स्वरुप सानिमा बैंकले दियो पाँच लाख « Khabarhub

अन्तरिक्ष प्रतिष्ठान नेपालका टोलीलाई छात्रवृत्ति स्वरुप सानिमा बैंकले दियो पाँच लाख


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सानिमा बैंकले अन्तरिक्ष प्रतिष्ठान नेपाललाई पाँचलाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

नेपालको विद्यार्थीहरुबाट नेपालमै निर्मित पहिलो स्याटलाइट ‘नेपाली स्याट–२’ अन्तरिक्षमा प्रक्षेपण गर्ने उद्देश्यका साथ अन्तरिक्ष प्रतिष्ठान नेपालले सरकारी (नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान) र गैरसरकारी संस्थासँगको सहकार्यमा नेपालका विद्यालय र विश्व विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सो सम्बन्धी तालिम तथा ज्ञान उपलब्ध गराउँदै आइरहेको छ । सो टोलीलाई नेपालको पहिलो अन्तरिक्ष नेपाली स्याट–१ को निर्माण/प्रक्षेपण टोलीका प्रोजेक्ट म्यानेजर डा. आभास मास्केले “ड्रिम प्रोजेक्टको” रुपमा नेतृत्व गर्दै आएका छन् ।

कक्षा १० देखि १२ सम्म सरकारी तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सन् २०२३ सम्म ‘नेपाली स्याट–२ विद्यालय’ नामक स्याटलाइट निमार्ण गर्न एउटा टिम निर्माण गर्नेछन् ।

जस अन्तर्गत बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाली स्याट–२ मा संलग्नदुई जनालाई अन्तरिक्ष निर्माण/प्रक्षेपणका विषयमातालिम र प्रशिक्षणका लागि सहयोग स्वरुप छात्रवृत्तिको प्रदान गरेको हो ।

देशभित्र विज्ञान तथा प्रविधिको अन्वेषण तथा विकासको लागि सहयोग स्वरुप अन्तरिक्ष प्रतिष्ठान नेपालका संस्थापक डा.आभास मास्केलाई सो रकम उपलब्ध गराइएको छ । अन्तरिक्ष प्रतिष्ठान नेपालले सन् २०५० सम्म नेपालको तर्फबाट अन्तरिक्षमा मानव प्रक्षेपण गर्ने लक्ष्य लिएको संस्थापक डा. मास्केले बताए ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १ : ०१ बजे

फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक

काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म

छिमेकी देशबाट दुई हजार पाँच सय अफगान कैदी स्वदेश फिर्ता

काबुल- छिमेकी मुलुक इरान र पाकिस्तानबको हिरासतमा रहेका करिब दुइृ

जापान र चीनबीच बढ्दो तनाव

काठमाडौं- गत वर्ष चिनियाँ जनताले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध तथा

सुनसरीमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणबाट