बलात्कार मुद्दामा १ वर्ष जेल बसेका पूर्वडिएसपी खिउजुलाई सफाइ « Khabarhub

बलात्कार मुद्दामा १ वर्ष जेल बसेका पूर्वडिएसपी खिउजुलाई सफाइ


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलात्कारको आरोप १ वर्ष जेल बसेपछि नेपाल प्रहरीका पूर्वडिएसपी राजकुमार खिउजुले सफाइ पाएका छन् ।

जिल्ला अदालत ललितपुरका न्यायाधीश देवकुमार गिरीको इजलासले खिउजुमाथि लगाइएको अभियोगमा दाबी नपुग्ने ठहर गर्दै उनलाई सफाई दिएको हो ।

२०७५ माघ ३० मा ललितपुर महांकाल घर भएकी २१ वर्षीया युवतीले आफुलाई खिउजुले कार्यकक्षमा नै बलात्कार गरेको आरोप लगाएर उजुर गरेकी थिइन् ।

महानगरीय प्रहरी वृत चापागाउँमा कार्यरत रहँदा खिउजुले पुलिस रिपोर्ट बनाउन गएकी एक युवतीलाई बलात्कार गरेको आरोप लागेको थियो ।

बलात्कारको जाहेरी दर्ता भएपछि भागेका खिउजुलाई महानगरीय प्रहरी परिसर ललितपुरले ०७६ फागुन २१ मा पक्राउ गरेको थियो । अदालतको आदेशले उनलाई पुर्पक्षका लागी थुनामा राखिएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  २ : ०३ बजे

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार