‘देशमाथि’ बन्यो ‘उत्कृष्ट फिल्म’, सरोज ‘उत्कृष्ट निर्देशक’ « Khabarhub

‘देशमाथि’ बन्यो ‘उत्कृष्ट फिल्म’, सरोज ‘उत्कृष्ट निर्देशक’


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीमा हालै सम्पन्न ‘नेपाल सर्ट फिल्म अवार्ड २०७७’मा तेजेन्द्रप्रसाद कँडेल निर्देशित सर्ट फिल्म ‘देशमाथि’ले ‘उत्कृष्ट सर्ट फिल्मको अवार्ड जितेको छ ।

अवार्डमा अभिनेता सरोज खनालले ‘उत्कृष्ट निर्देशक’को अवार्ड जितेका छन् । खनालले डेब्यू निर्देशन रहेको सर्ट फिल्म ‘बिहानीमै अस्ताएको सूर्य’बाट यो अवार्ड जितेका हुन् ।

स्टार वान इन्टरनेटमेन्ट र विलक्षण क्रियनसले प्रतियोगितामा १९ वटा सर्ट फिल्म सहभागी थिए । कार्यक्रम निर्देशक तथा नेपाल चलचित्र संयोजक समाजका उपाध्यक्ष राजु अधिकारीले ८ वटा सर्ट फिल्म अवार्डमा चयन भएको जानकारी दिए ।

अवार्डमा फिल्म ‘नशा’बाट तुलसीप्रसाद श्रेष्ठले ‘सर्वोत्कृष्ट खलपात्र’, ‘धुर्तकाजी’बाट शेखर खनालले ‘सर्वोत्कृष्ट हास्य अभिनेता’, ‘हाम्रो नाता’बाट सुरज पोखरेलले ‘सर्वोत्कृष्ट नवनायक’ र ‘सहारा’बाट ध्रुव दत्तले ‘सर्वोत्कृष्ट नायक’को अवार्ड जिते ।

त्यस्तै ‘हाम्रो नाता’बाट आशुतोष अधिकारीले ‘सर्वोत्कृष्ट नवनिर्देशक’, ‘लकडाउन’बाट आरती अधिकारी आचार्यले ‘सर्वोत्कृष्ट कथा’ र ‘सहारा’बाट पुरु राईले ‘सर्वोत्कृष्ट कथा (डायस्पोरा)’ अवार्ड पोल्टामा पारे ।

निर्देशक तर्फको ‘जुरी अवार्ड’ फिल्म ‘मेरो भगवान’का लागि केडी प्रश्रितले र ‘ज्यान जाने पिरिम’बाट अमिर बरालले ‘इनकरेजमेन्ट अवार्ड’ पाए ।

विजेताहरुलाई पूर्व प्रधानसेनापति राजेन्द्र क्षत्री, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, रमेश बुढाथोकी, नवल खड्कालगायतले अवार्ड प्रदान गरे ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ३ : ३० बजे

लघुवित्त पीडितले थाले आमरण अनसन (तस्बिर)

काठमाडौं– लघुवित्त पीडितले काठमाडौंको माइतीघरमा आमरण अनसन सुरु गरेका छन् ।

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै खाता खोल्ने व्यवस्था 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता

भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्द : एघार हजार बिरामी प्रभावित

चितवन– नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

काठमाडौं– इनड्राइभले ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सम्पन्न

गोरक्षेश्वर धाममा भजनकीर्तन एवं गङ्गा आरती

बागमती– हेटौँडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर धाममा भजनकीर्तनसहित गङ्गा आरती गरिएको