संक्रमितका घरमै अक्सिजन पुर्‍याउँदै बुटवल उपमहानगर « Khabarhub

संक्रमितका घरमै अक्सिजन पुर्‍याउँदै बुटवल उपमहानगर


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल— बुटवल उपमहानगरपालिकाले उपमहानगरपालिका भित्र आइसोलेसनमा रहेका संक्रमितहरूका लागि निःशुल्क अक्सिजन सेवा शुरू गरेको छ । यसका लागि अक्सिजन सेवा बैंक स्थापना गरिएको छ ।

उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन तथा घरमै आइसोलेसनमा रहेका संक्रमितहरूलाई स्वासप्रश्वासमा समस्या भए तत्काल स्वास्थ्यकर्मीको टोली अक्सिजन लिएर पुग्ने जनाइएको छ ।

मङ्गलबार एक संक्षिप्त कार्यक्रममा प्रमुख शिवराज सुवेदीले अक्सिजन सेवा बैंक शुभारम्भ गरे । उनले उपमहानगर कार्यालय परिसरमा अक्सिजन सिलिन्डर, सिलिन्डर बोक्ने गाडी, एम्बुलेन्स र स्वास्थ्यकर्मी तयारी अवस्थामा राखेको र सूचना आउँदा साथ परिचालन हुने बताए ।

संक्रमितको मनोबल बढाउन आयुर्वेद औषधि बोकेर जनप्रतिनिधिहरू संक्रमितहरूका घरमा पुग्दा अक्सिजनको माग भएको थियो ।

अक्सिजनसहितको आइसीयू बेड अभावकका कारण बुटवलमा संक्रमितको ज्यान गएपछि उपमहानगरले घरमै सेवा पुर्‍याउने व्यवस्था गरेको हो ।

होम आइसोलेसनमा रहेकाहरूको परीक्षण, नियमित स्वास्थ्य निगरानी, आयुर्वेद ओखती वितरणसहित अक्सिजन तयार रािखएको छ । नगरका दीर्घ रोगीको विवरण संकलन गरेर घरमै अत्यावश्यक औषधि पुर्‍याइउने व्यवस्था पनि गरिएको छ ।

उपमहानगरले उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा उपसमिति गठन गरेर अक्सिजन बैंक स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो । सोही कार्यदलको सहकार्यमा अक्सिजन बैंक शुभारम्भ गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले जानकारी दिए ।

कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेकाहरूलाई स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाउन उपमहानगरले आग्रह गरेको छ । होम आइसोलेसनमा बसेकाहरूले सम्बन्धित टोल विकास संस्था वा वडाका जनप्रतिनिधिलाई नाम टिपाउन पनि उपमहानगरले अपिल गरेको छ ।

उपमहानगरले संक्रमितको परिवार तथा समुदायमा कन्ट्याक ट्रेसिङ गर्ने र लक्षण देखिए निःशुल्क परीक्षण गर्ने व्यवस्था पनि मिलाएको छ । संक्रमितहरूका लागि सवारी साधन चाहिएमा त्त्काल उपलव्ध प्रवक्ता रामप्रसाद रेग्मीले बताए । सहजीकरणका लागि फोकल पर्सन पनि तोकिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ३ : ४२ बजे

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन– उन्नत जातका धान उत्पादनमा किसानहरूको आकर्षण बढेको छ ।

पुँजीगत खर्चको १ प्रतिशत नवप्रवर्तनमा छुट्याउन मन्त्री पुनको आग्रह

काठमाडौं– विज्ञान तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रदेश तथा स्थानीय सरकारलाई

शान्ति सम्झौता हुन लागेको ट्रम्पको दाबीलाई इरानले नकारिदियो, कुनै सहमति नभएको जवाफ

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ठूलो सम्झौता भएको भनेर

हर्कले रक्षामन्त्री खोज्दै संसद‍्बाट उठाए प्रश्न, ‘सेनाले सिमानामा जानै नहुने के कसम खाएको रहेछ ?’

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाह

स्वर्णिमलाई घेर्दै वर्षमानले भने : मेरो पनि फाइल खोल्नू, करका दर हेरफेरबारे छानबिन हुनुपर्छ

काठमाडौं- प्रतिनिधिसभा बैठकमा नेकपाका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले आर्थिक