काठमाडौँ उपत्यकाको निषेधाज्ञा एक हप्ता थपियो « Khabarhub

काठमाडौँ उपत्यकाको निषेधाज्ञा एक हप्ता थपियो

वैशाख २९ गतेसम्म कायम


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा वैशाख २९ गतेसम्म लम्बिने भएको छ ।

मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीका साथै सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलले थप एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञालाई कडाइ र कोरोना महामारी नियन्त्रण गर्न मोडालिटी परिर्वन गर्दै निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

यसअघि जारी भएको पहिलो चरणको निषेधाज्ञा बैशाख २२ गते राति १२ बजे सकिँदै छ । यस्तै यो समयमा उपत्यका छाड्नेलाई सहजीकरण गर्ने पराजुलीले बताए ।

उनले वैशाख २३ गतेदेखि पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने र बेलुका पूर्ण रुपमा बन्द गरिने बताए । त्यस्तै नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई कडाई गरिने पराजुलीले जानकारी दिए ।

पराजुलीका अनुसार बैंक तथा वित्तिय संस्थामा केन्द्रीय कार्यालयको हकमा २० प्रतिशत कर्मचारी र शाखामा २५ प्रतिशत कर्मचारी राखेर सञ्चालन गर्न पाइनेछ । सरकारी कार्यालय, मन्त्रालय र विभागमा ४० प्रतिशत कर्मचारीबाट सेवा प्रवाह गरिने उनले बताए ।

त्यस्तै निषेधाज्ञालाई पूर्ण रुपमा कार्यान्वयन गराउन अनुगमनको कामलाई तीव्रता दिने बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ३ : ५५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना