काठमाडौँ उपत्यकामा अब खाद्य तथा तरकारी पसल बिहान ७ देखि ९ बजेसम्म खुल्ने « Khabarhub

काठमाडौँ उपत्यकामा अब खाद्य तथा तरकारी पसल बिहान ७ देखि ९ बजेसम्म खुल्ने


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले वैशाख २९ गतेसम्म निषेधाज्ञा थपेको छ। आज दिउँसो उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय लिएको हो।

तीनै जिल्लाका प्रजिअको बैठकले निषेधाज्ञामा थप कडाइ गर्दै अब खाद्यान्न तथा तरकारी पसल बिहान ७ देखि ९ बजेसम्म दुई घण्टा मात्रै खोल्न पाइने निर्णय गरेको छ । बैठकले सडकमा पनि सवारीसाधन अनुगमनलाई कडा बनाउने निर्णय लिएको छ।

आजको बैठकले निषेधाज्ञा थप गरेको जानकारी काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमणको जोखिम बढेको हुँदा अबको निषेधाज्ञामा थप कडाइ गरिनेछ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौला कोरोना संक्रमित भएपछि अनलाइनमार्फत बैठकमा सहभागी भएका थिए। उनको ठाउँमा सहायक प्रमुख जिल्ला अधिकारी बैठकमा सहभागी भए।

पहिलो चरणमा लगाइएको निषेधाज्ञा भोलि २२ गते राति १२ बजेदेखि सकिँदैछ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ४ : १३ बजे

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन– उन्नत जातका धान उत्पादनमा किसानहरूको आकर्षण बढेको छ ।

पुँजीगत खर्चको १ प्रतिशत नवप्रवर्तनमा छुट्याउन मन्त्री पुनको आग्रह

काठमाडौं– विज्ञान तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रदेश तथा स्थानीय सरकारलाई

शान्ति सम्झौता हुन लागेको ट्रम्पको दाबीलाई इरानले नकारिदियो, कुनै सहमति नभएको जवाफ

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ठूलो सम्झौता भएको भनेर

हर्कले रक्षामन्त्री खोज्दै संसद‍्बाट उठाए प्रश्न, ‘सेनाले सिमानामा जानै नहुने के कसम खाएको रहेछ ?’

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाह

स्वर्णिमलाई घेर्दै वर्षमानले भने : मेरो पनि फाइल खोल्नू, करका दर हेरफेरबारे छानबिन हुनुपर्छ

काठमाडौं- प्रतिनिधिसभा बैठकमा नेकपाका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले आर्थिक