कतारमा जेल जीवन बिताइरहेका १४ नेपालीले पाए आममाफी | Khabarhub Khabarhub

कतारमा जेल जीवन बिताइरहेका १४ नेपालीले पाए आममाफी


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारले विभिन्न कसुरमा जेलजीवन बिताइरहेका  १४ नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ ।

कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरूमा रहेका १४ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको हो ।

कारागारमा सजाय भोगिरहेका उनीहरुलाई मुस्लिम समुदायको पवित्र महिना रमादानको अवसरमा माफी दिइएको हो।

आममाफी पाएकाहरुलाई नेपालीलाई स्वदेश फर्काउन सहजीकरण गरिने कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रवीण भट्टराईले जानकारी दिए ।

कतारले रमादानको अवसरमा प्रत्येक वर्ष कसूरको प्रकृति हेरेर कैदी बन्दीलाई आममाफी दिँदै आएको छ ।

यसअघि विभिन्न कसुरमा जेल जीवन बिताइरहेका ८ जना नेपालीलाई कतारले माफी दिएको थियो। अघिल्लो वर्ष नै कोरोना महामारीको कारण थप १७ कैदी बन्दीलाई आमफी पाएका थिए ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ६ : ५० बजे

उपभोक्ताको रुचिमा कर्णालीको स्याउ

राँझा– हेर्दा आकर्षक र खाँदा स्वादिलो कर्णालीको स्याउ आम उपभोक्ताको

जेन-जी आन्दोलन : आगजनी र लुटपाटमा संलग्न १३ जनाविरुद्ध किटानी जाहेरी

सुनसरी– जेन-जी आन्दोलनको नाममा गत भदौ २४ गते अराजक समुहले

पर्वतको जलजलामा ‘होम डेलिभरी’ शून्य

पर्वत– जलजला गाउँपालिकामा घरमा प्रसूति (सुत्केरी) हुनेको सङ्ख्या शून्य भएको

मन्त्री घिसिङद्वारा जलेका सवारिसाधन व्यवस्थापन गर्न निर्देशन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य एक हजार रुपैयाँले घटेको