भारतमा कोरोना संक्रमणदर घट्दो, २४ घण्टामा १ लाख ३१ हजार संक्रमित थपिए « Khabarhub

भारतमा कोरोना संक्रमणदर घट्दो, २४ घण्टामा १ लाख ३१ हजार संक्रमित थपिए

जोखिम कम भएका क्षेत्रमा लकडाउन खुकुलो पारिँदै


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या र मृत्युदर घट्दो दरमा देखिएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १ लाख ३१ हजार ३७१ जना नयाँ संक्रमित थपिएको वर्ल्ड ओ मिटरको तथ्यांकमा उल्लेख छ ।
योसँगै त्यहाँ संक्रमितको संख्या २ करोड ८५ लाख नाघेको छ।

यसैगरी भारतमा मृत्यु दर पनि घट्दो दरमा देखिएको छ। भारतमा पछिल्लो २४ घण्टामा २७ सय ६ को मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ४० हजार नाघेको छ।

संक्रमितमध्ये २ करोड ६५ लाखभन्दा बढी निको भइसकेका छन् भने १६ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

लकडाउन खुकुलो पारिँदै

भारतमा कोरोना संक्रमणदर घट्न थालेपछि केही प्रान्तहरुमा जारी लकडाउन खुकुलो पार्न थालिएको छ । कोरोना संक्रमणको जोखिम कम रहेका क्षेत्रहरुमा दैनिक जनजीवन सहज बनाउन लकडाउन खुकुलो पार्न थालिएको हो ।

महाराष्ट्रराज्यका १८ जिल्लाहरुमा आजबाट लकडाउन अन्तको घोषणा गरिएको छ । मध्यप्रदेशमा १८ जेठबाट आधा कर्मचारी राखेर कार्यालय सञ्चालन गरिएको थियो । अब चरणवद्ध तरिकाले लकडाउन हटाइँने जनाइएको छ ।

विहारमा लकडाउन ८ जुनसम्मका लागि भएपनि खुकुलो पारिएको छ ।निश्चित मापदण्ड तोकेर व्यवसायिक गतिविधि गर्न दिइने जनाइएको छ ।

कोरोना संक्रमणको जोखिम रहका तालिमनाडुले कर्नाटक लगायतका राज्यमा भने लकडाउन यथावत राखिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ७ : २६ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत

कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

टोकियो– अमेरिका–इरान तनावबीच कूटनीतिक वार्ताको औचित्यमाथि प्रश्न उठाउँदै जापानस्थित इरानी

परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट

काठमाडौं– नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी

नागढुंगा सुरुङमार्ग सञ्चालनको तयारीमा (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ–धादिङ जोड्ने नेपालको पहिलो आधुनिक सडक नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको