शुक्र ग्रहमा नासाले दुई अन्तरिक्ष मिसन सञ्चालन गर्ने « Khabarhub

शुक्र ग्रहमा नासाले दुई अन्तरिक्ष मिसन सञ्चालन गर्ने

यस्ता छन् मिसनका विशेषता


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी अन्तरिक्ष निकाय नासाले सीसा पनि पग्लने सतह भएको शुक्रग्रहमा दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने भएको छ । नासाका अनुसार शुक्र ग्रहबारे जान्न दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने लागिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा उल्लेख गरिए अनुसार पृथ्वीको सँगै भएको छिमेकी ग्रह शुक्र किन आगोको गोला बन्यो भनेर जान्ने नासाले मिसन सञ्चालन गर्ने भएको हो ।

शुक्र ग्रहको वातावरण तथा भौगोलिक विशेषताहरू परीक्षण गर्ने उद्देश्यका साथ दुईवटा मिसन त्यहाँ पठाउने नासाले घोषणा गरेको छ। ती मिसनहरू प्रत्येकका निम्ति ५० करोड डलर बजेट छुट्टयाइएको छ । सन् २०२८ र २०३० को बीचमा ती मिसन सञ्चालन हुनेछन्।

नासाका प्रशासक बिल नेल्सनका अनुसार ती मिसनहरूले वैज्ञानिक समुदायलाई ३० वर्षदेखि यता पहिलो पटक उक्त ग्रह अनुसन्धान गर्ने मौका दिनेछ।

नासाका प्रमुख नेल्सनले शुक्रग्रहमा मिसन पठाउने घोषणा गरेका छन् । ‘यी दुई मिसनहरूले शुक्रग्रह कसरी आगोको गोलाजस्तो संसार बन्न पुग्यो जहाँको सतहमै पनि सिसासमेत पग्लन्छ भनेर जान्न खोज्नेछन्,’ प्रशासक नेल्सनले बताए।

सूर्यभन्दा दोस्रो स्थानमा रहेको शुक्रग्रह सौर्यमण्डलकै सबभन्दा तातो ग्रह हो। त्यहाँको सतहको तापक्रम ५०० डिग्री सेल्सियस रहेको छ।

यस्ता छन् मिसनका विशेषताः

अन्तरिक्ष मिसन अनुसार शुक्रग्रहमा कुनै समय महासागर थियो कि थिएन भनेर पनि बुझ्न खोजिने छ। डाभिन्ची प्लस नामक पहिलो मिसनले सो ग्रह कसरी बनेको र विकसित भएको भनेर हेर्नेछ।

दोस्रो मिसन भेरिटासले शुक्रग्रहको सतहको नक्साङ्कन गरेर त्यसको भौगोलिक इतिहास जान्नेछ अनि किन पृथ्वीभन्दा एकदमै भिन्न तरिकाले शुक्रग्रहको विकासक्रम अघि बढ्यो भनेर पनि उसले जान्न खोज्नेछ। यसबाहेक रेडारको प्रयोग गरेर त्यहाँ अझै ज्वालामुखी विस्फोट तथा भूकम्प भइरहन्छन् कि भनेर पनि हेरिने नासाले जनाएको छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ८ : २४ बजे

स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न नयाँ कार्यविधि

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

किएभमा रुसको भीषण हवाई हमला, दुई जनाको मृत्यु

युक्रेन– रुसले युक्रेनको राजधानी किएभ माथि पुनः ठूलो हवाई हमला

नोबेल शान्ति पुरस्कार घोषणामा ट्रम्पको प्रभावबारे बहस

ओस्लो- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस वर्षको नोबेल शान्ति पुरस्कारका

‘पेन्सन पट्टा’ बन्यो यस वर्षको दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्म

काठमाडौं– तीन साता पूरा हुँदा पनि दर्शकको साथ नछुटेपछि ‘पेन्सन

ललितपुरमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

काठमाडौं– ललितपुर प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको