सुडानमा खानेपानी आपूर्ति गर्न नेपाली सेनाको सहयोग « Khabarhub

सुडानमा खानेपानी आपूर्ति गर्न नेपाली सेनाको सहयोग


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाले दक्षिण सुडानमा खानेपानी आपूर्ति गर्न सहयोग गरेको छ ।

संयुक्त राष्ट्र संघअन्तर्गत दक्षिण सुडानमा अनमिस मिसन (संयुक्त राष्ट्रसङ्घीय मिसन साउनथ सुडान)मा रहेको नेपाली टोलीले स्थानीयलाई स्वच्छ खानेपानी आपूर्तिका लागि सहयोग गरेको हो ।

हालै पुरुष तथा महिला नेपाली टोली दक्षिण सुडानको सेन्ट्रल इक्वेटोरियाको दुर्गम क्षेत्रमा पर्ने लोलोगो गस्तीमा गएको थियो । गस्तीका क्रममा त्यहाँका स्थानीय समुदायले अनुरोध गरेपछि नेपाली सेनाको टोलीले बिग्रिएको पम्प मर्मत गरेर पानी आपूर्तिलाई सहज बनाएका हुन् ।

नेपाली सेनाको सहयेगका कारण लामो समयदेखि पानीको समस्या भोगिरहेका स्थानीयको समस्या हटेको अनमिसले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । शान्ति स्थापनार्थ दक्षिण सुडानमा संयुक्त राष्ट्र संघले अनमिस मिसन सञ्चालन गरिरहेको छ, जहाँ नेपाली सेनाबाट पनि सहभागिता रहेको छ ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ८ : ५० बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि