जनसम्पर्क समिति कतारद्वारा कोरोनाविरुद्धको लडाईमा ४ लाख आर्थिक सहयोग « Khabarhub

जनसम्पर्क समिति कतारद्वारा कोरोनाविरुद्धको लडाईमा ४ लाख आर्थिक सहयोग


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : जनसम्पर्क समिति कतारले नेपालमा कोरोना भाइरसको दोस्रो लहरविरूद्ध लड्न आर्थिक सहयोग रकम नेपाल पठाएको छ ।

स्वदेशमा नागरिकहरू सामान्य उपचार नपाएर मृत्युवरण गर्न थालेपछि देश विदेशमा रहेका नेपालीहरू कोरोनाविरुद्धको लडाईमा स्वतफुर्त रूपमा सहयोग गरिरहेका बेला नेपाली काङ्ग्रेसको प्रवास संगठ्न जनसम्पर्क समिति कतारले कोभिड-१९ महाविपत्तिको रोकथाम र उपचार सहयोगार्थ ४ लाख २० हजार रुपैयाँ सहयोग रकम नेपाल पठाएको समितिका सभापति अजिज अलीले जानकारी दिए ।

सभापति अलीका अनुसार ३ लाख ५० हजार रुपैयॉ नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयको खातामा, २ वटा अक्सिजन सिलिन्डर एनआरएनए मध्यपूर्वमार्फत सहयोग गरेको बताए ।

कोभिड–१९ संक्रमणले हाल नेपालमा ज्यादै कठिन र दुखदायी अवस्था सिर्जना हुँदै गइरहेको छ । संक्रमणका कारण मानवीय क्षति पनि बढ्दो छ । गम्भीर र जटिल अवस्थाका बिरामीको ज्यान जोगाउन अक्सिजन, भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, औषधी तथा अन्य स्वास्थ्य सामग्रीको माग बढिरहेको छ ।

एक महिना अघिमात्र गैरआवासीय नेपाली संघ (एनआरएनए)ले शुरु गरेको “नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियान अन्तर्रगत मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा ओमानबाट ५ सय ६० अक्सिजन सिलिण्डर नेपाल पठाईसकेको छ ।

यस्तै, नेपालमा अक्सिजन लगायत स्वास्थ्य सामग्रीको हाहाकार भएपछि सहयोग जुटाउन यूएईस्थित नेपाली दूतावास र विभिन्न संघसस्थाहरु मिलेर कोभिड १९ संयुक्त राहत संकलन समितिमार्फत सहयोग उठाइरहेका छन् भने त्यो सहयोग रकम पनि चाँडै नेपाल पठाउने संकलन समितिले जनाएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  १० : ५४ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै