दक्षिण सुडानमा खटिएका नेपाली सेनाका अधिकृतलाई राष्ट्रसंघ महासचिवले दिए प्रशंसा पत्र « Khabarhub

दक्षिण सुडानमा खटिएका नेपाली सेनाका अधिकृतलाई राष्ट्रसंघ महासचिवले दिए प्रशंसा पत्र


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका नेपाली सेनाका एक अधिकृतलाई राष्ट्रसंघीय महासचिवले ‘प्रशंसा पत्र’ दिएका छन्।

दक्षिण सुडानमा तैनाथ श्री कालीध्वज गण (शा.से.) दशौँ डफ्फाका सहसेनानी विज्ञान विष्टलाई कदर स्वरुप महासचिवले युएन ‘लेटर अफ कमेन्डेसन’ दिएका हुन् ।

गत मंसिर १० गते दुई जातिका हतियारधारी समूहबीच उत्पन्न जातीय हिंसात्मक झडपमा तत्काल तनावग्रस्त इलाकामा परिचालन भई बफर जोनको रूपमा काम गरी ठूलो जनधनको क्षति हुनबाट जोगिएको थियो।

जातीय हिंसात्मक झडप हुन नदिन छोटो समयमा लिएको अदम्य साहस र पहलका कारण सम्भावित ठूलो जातीय हिंसा रोक्न सफल भएकोमा उक्त कार्यको कदरस्वरुप उनलाई सम्मान प्राप्त भएको हो ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ११ : ३० बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि