तोलामा १५ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? « Khabarhub

तोलामा १५ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

निरन्तर बढेको सुनचाँदीको मूल्य आज भने घटेको छ । हिजोको तुलनामा आज सुन १५०० रुपैयाँ प्रतितोला घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

संघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुन प्रति तोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँले घटेको हो ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ११ : ५९ बजे

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना