कोरोना फैलाएकोमा चीनले १० खर्ब डलर क्षतिपूर्ति तिनुपर्ने अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको माग « Khabarhub

कोरोना फैलाएकोमा चीनले १० खर्ब डलर क्षतिपूर्ति तिनुपर्ने अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको माग


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको वुहान ल्याबबाट कोरोना भाइरस फैलिएको भन्ने आफ्नो दाबी सही ठहरिएको बताएका छन् ।

उनले वुहानबाट नै कोरोना भाइरस फैलिएको आफ्नो दाबीमा अब हरेक देश तथा तथाकथित दुश्मनहरू पनि सहमत भएको बताए ।

चीनले विश्वभर मच्चाएको महामारीका कारण भएको क्षतिका लागि अमेरिका र विश्वलाई १० ट्रिलियन (खर्ब) डलर क्षतिपूर्ति दिनुपर्ने ट्रम्पको माग छ । ट्रम्पले सुरुवातदेखि नै यस भाइरसलाई ‘चिनियाँ भाइरस’, ‘वुहान भाइरस’ भन्दै आएका थिए ।

चीनले यसमा कडा आपत्ति जनाउँदै आएको थियो । चीनले ट्रम्पको यस भनाइलाई नस्लवादी सोचको उपज भएको बताएको थियो । यस वर्षको सुरुवातमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को एक टोली महामारीको तथ्य पत्ता लगाउन वुहान गएको थियो ।

उक्त टोलीले वुहानको ल्याबबाटै भाइरस लिक भएको हो भन्ने प्रमाणित गर्न पर्याप्त तथ्य फेला नपरेको बताएको थियो ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  २ : १० बजे

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण