कोरोना फैलाएकोमा चीनले १० खर्ब डलर क्षतिपूर्ति तिनुपर्ने अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको माग « Khabarhub

कोरोना फैलाएकोमा चीनले १० खर्ब डलर क्षतिपूर्ति तिनुपर्ने अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको माग


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको वुहान ल्याबबाट कोरोना भाइरस फैलिएको भन्ने आफ्नो दाबी सही ठहरिएको बताएका छन् ।

उनले वुहानबाट नै कोरोना भाइरस फैलिएको आफ्नो दाबीमा अब हरेक देश तथा तथाकथित दुश्मनहरू पनि सहमत भएको बताए ।

चीनले विश्वभर मच्चाएको महामारीका कारण भएको क्षतिका लागि अमेरिका र विश्वलाई १० ट्रिलियन (खर्ब) डलर क्षतिपूर्ति दिनुपर्ने ट्रम्पको माग छ । ट्रम्पले सुरुवातदेखि नै यस भाइरसलाई ‘चिनियाँ भाइरस’, ‘वुहान भाइरस’ भन्दै आएका थिए ।

चीनले यसमा कडा आपत्ति जनाउँदै आएको थियो । चीनले ट्रम्पको यस भनाइलाई नस्लवादी सोचको उपज भएको बताएको थियो । यस वर्षको सुरुवातमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को एक टोली महामारीको तथ्य पत्ता लगाउन वुहान गएको थियो ।

उक्त टोलीले वुहानको ल्याबबाटै भाइरस लिक भएको हो भन्ने प्रमाणित गर्न पर्याप्त तथ्य फेला नपरेको बताएको थियो ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  २ : १० बजे

चैत ३० देखि वैशाख ७ गतेसम्म ‘शून्य बाँकी फाइल अभियान’ मनाइँदै

काठमाडौँ– सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि

हलेसी तुवाचुङले पायो ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’बाट सम्मानित भएको

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

काठमाडौँ– खनिजजन्य उद्योगबाट दुई अर्ब १४ करोड राजस्व असुली भएको

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१