चीनको गान्सुमा रेल दुर्घटना, नौ जनाको मृत्यु | Khabarhub Khabarhub

चीनको गान्सुमा रेल दुर्घटना, नौ जनाको मृत्यु


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा शुक्रबार रेल दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ ।

चिनियाँ रेलवे लान्झाउ ब्युरोका अनुसार लान्झाउ–सिनजियाङ रेल्वेको जिन्चाङ खण्डमा शुक्रबार बिहान ५ : २५ बजे रेल दुर्घटना भएको हो । प्रहरी र स्थानीय मानिसले रेल दुर्घटनाका मृतक एवं घाइतेहरुको उद्धार गरेका थिए ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

फ्रान्स–चीन ढुवानी रेल सेवा शुरु

यसैबीच, चीन र युरोपबीच फ्राइट (सामान ढुवानी)का लागि नयाँ रेल सेवा शुरु भएको छ । बुधबारदेखि यो सेवा शुरु भएसँगै चीनको उत्तरी प्रान्त साङ्सी र फ्रान्सबीच सोझो रेल सेवा सम्पर्क स्थापित भएको छ ।

५० वटा कन्टेनर लोड गरिएको रेल मध्य साङ्सी प्रान्तबाट बुधबार फ्रान्सको राजधानी पेरिसका लागि प्रस्थान गरेको थियो । यो रेलले करिब ११ हजार किलोमिटरको दुरी तय गर्नेछ ।

यो रेल मङ्गोलिया, रसिया, बेलारुस, पोल्यान्ड र जर्मनी हुँदै करिब २० दिनमा फ्रान्स पुग्नेछ चिनियाँ रेलसेवाले जनाएको छ ।

शाङ्सी जिनाउ लजिस्टिकका व्यवस्थापक वाङ गोकिङले उक्त रेलमा फिटनेसका सामान र ९० हजार डिस्पोजेबल स्टेराइल सिरिंज समेतका अन्य सरसामान रहेको जानकारी दिए । (रासस–सिन्ह्वा)

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  २ : ३६ बजे

एसिया कप : आज भारत र बंगलादेश भिड्दै

काठमाडौं – एसिया कपको सुपर फोरमा नेपाल र बंगलादेश भिड्दैछन्

जेनजी आन्दोलनमा निजी क्षेत्रको कति भयो क्षति ?

काठमाडौं– गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका

काँकरभिट्टा नाकाबाट दुई महिनामा करिब तीन अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो दुई महिनामा काँकरभिट्टा

धवलागिरिका ४४० घरमा खानेपानी सुविधा विस्तार

म्याग्दी– धवलागिरि गाउँपालिकामा यस वर्ष निर्माण सम्पन्न भएका दुईवटा योजनामार्फत

यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल