अपहरण लगत्तै किशोरीको उद्धार, अपहरणकारी पक्राउ « Khabarhub

अपहरण लगत्तै किशोरीको उद्धार, अपहरणकारी पक्राउ


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीमा अपहरणको खबर पाएलगत्तै सक्रिय बनेको प्रहरीले १५ मिनेटमा अपहरित किशोरीको सकुशल उद्धार गरेको छ ।

राजविराजबाट अपहरित १४ वर्षीया किशोरीलाई रुपनी पुग्नु अगावै इलाका प्रहरी कार्यालयले सकुशल उद्धार गरेको हो । प्रहरीले अपहरणमा आरोपित राजविराज–२ घर भई सुनसरी, भण्टाबारीका मदिरा पसल सञ्चालक ३५ वर्षीय नबिन देवलाई पक्राउ गरेको छ ।

पीडितकी आमाले आज जिल्ला प्रहरी कार्यालयमा आरोपितविरुद्ध उजुरी दिएकी छन् । राजविराजस्थित घरबाट आरोपितले ललाईफकाई गरी नियन्त्रणमा राखी अपरहण गरेको पीडितले बयान दिएका छन् ।

पीडित किशोरीका अनुसार आमाबुबा औषधोपचारका लागि घरबाहिर निक्लिएको मौका छोपी प्रदेश २–०३–०१३ प–४६८२ नम्बरको अपाची मोटरसाइकलमा आएका आरोपितले बुबाको साथी भन्दै किशोरीलाई लगेका थिए ।

आँगनमा निकैबेर बृद्ध हजुरबुबा, हजुरआमासँग कुरा गरेका आरोपितले आफ्नो बुबासँग फोन गरेजस्तो नक्कल गरी विश्वास दिलाएर झुक्याई लगेको किशोरीले बताइन् । पीडितका बुबाआमा घर आएपछि सोधखोज गर्दा छोराले कुनै साथीलाई लिन नपठाएको भनेपछि तत्कालै प्रहरीमा जानकारी गराएपछि प्रहरी पनि सक्रिय हुँदा आरोपित पक्राउ परेका हुन् ।

किशोरीका १६ वर्षीय दाजुलाई रावविराज –३ स्थित जिल्ला भूमिसुधार कार्यालय अगाडि ओरालेर बस्दै गर्न भनेपछि दाजुले शंका गरी प्रहरी र आमालाई घटनाबारे जानकारी गराएका थिए । प्रहरीलाई खबर गरेलगत्तै सक्रिय बनेको प्रहरीले चारैतिर नाकामा कडाइ गरी चेकजाँच गर्दा आरोपित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।

आरोपित नवीन यसअघि मानव बेचविखन, गर्भपतन, हत्या, कुटपिट, लुटपाट, लागू औषध ओसारपसार, अपहरण, चोरी लगायतका आपराधिक घटनामा संलग्न रहेको स्थानीयवासीको भनाइ छ । –रासस

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ७ : ५७ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५