एमालेका चार जनाबाहेक सबै मन्त्री हटाइँदै, ईश्वर पोखरेल पनि बाहिरिने « Khabarhub

एमालेका चार जनाबाहेक सबै मन्त्री हटाइँदै, ईश्वर पोखरेल पनि बाहिरिने


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले हालको मन्त्रिपरिषदमा रहेका चार मन्त्रीबाहेक सबैलाई हटाएर मन्त्रिपरिषद पुनर्गठन गर्ने भएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने भएसँगै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका हुन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक सबै मन्त्रीलाई प्रधानमन्त्री ओलीले हटाउने भएका छन् ।

प्रधानमन्त्री ओलीले जसपाबाट सरकारमा सहभागी हुने ८ मन्त्री र २ राज्यमन्त्रीसहित आफ्नै दल एमालेबाट दुई जनालाई सरकारमा सामेल गराउने भएका छन् ।

एमालेबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मा रघुवीर महासेठले पाउने भएका छन् भने शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

राजेन्द्र महतो नेतृत्वमा जसपा सरकारमा सहभागी हुन लागेको हो । जसपाले ८ मन्त्री र २ राज्यमन्त्री पाउने भएको छ ।

ईश्वर पोखरेल बाहिरिने

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा उपप्रधानमन्त्री ईश्वर पोखरेल बाहिरिने भएका छन् ।

पोखरेलसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि बाहिरिने भएका छन् । ज्ञवालीको स्थानमा प्रधानमन्त्री ओलीले एमालेका रघुबीर महासेठलाई भित्र्याएका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ८ : ३३ बजे

रोकिएका विकासका काम अघि बढाउँछौँः मुख्यमन्त्री थापा मगर

हेटौँडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ ५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका