न्युरोडबाट तास, कौडा र १३ लाखसहित १५ जुवाडे पक्राउ « Khabarhub

न्युरोडबाट तास, कौडा र १३ लाखसहित १५ जुवाडे पक्राउ


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ न्युरोडबाट १५ जुवाडे रु १३ लाखभन्दा बढी रकमसहित पक्राउ परेका छन् । उनीहरुको साथबाट रु १३ लाख ४३ हजार नगद, कौडा र ताससमेत बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी निषेधाज्ञालाई अवज्ञा गरी अवैधरूपमा पूर्णलाल महर्जनको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।

उक्त घरको छैटौँ तलामा अजय श्रेष्ठले भाडामा लिएको कोठामा पैसाको बाजी लगाई हारजित हुने गरी जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा परिसर र वृत्त जनसेवाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाइएको छ ।

यसरी पक्राउ पर्नेमा काठमाडौँको मनहरा कागेश्वरी नगरपालिका–८ का ४९ वर्षीय विनोद कार्की, काभ्रेपलाञ्चोक दाप्चा घर भई काठमाडौँको बौद्ध बस्ने वर्ष ३३ वर्षीय अजय लामा, काठमाडौँ तारकेश्वर नगरपालिका बस्ने मुरारी भण्डारी, .रामेछाप सुनाकोठी घर भई हाल भक्तपुरको कौशलटार बस्ने विशाल चौलागाईं, मकवानपुर घर भई काठमाडौँको कलङ्की बस्ने राजु मोक्तान, काठमाडौँ–२२ का ५७ वर्षीय सञ्जीव श्रेष्ठ, काठमाडौँ कीर्तिपुर नगरपालिका–६ चोभार बस्ने वर्ष ३५ का सुमन कार्की, धादिङ ज्वालामुखी गाउँपालिका घर भई हाल काठमाडौँको सतुङगल बस्ने वर्ष ३० का भरत ईटानी रहेका छन् ।

यस्तै काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१ बस्ने वर्ष ४० का छिरिङ लामा, रामेछाप खाँडादेवी गाउँपालिका–२ घर भई काठमाडौँको गोठाटार बस्ने वर्ष ४२ का कल्याण कार्की, गोर्खा सिरानचोकका कुमार लामिछाने, ललितपुरका नरेन्द्र महर्जन, सप्तरीका सुमन खड्का, काठमाडौँ–१८ का पञ्चनारायण महर्जन र काठमाडौँ बाफल बस्ने भक्त बलामी पनि पक्राउ परेका छन् ।

बलामी भने भाग्ने क्रममा लडेर घाइते भएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । दाहिने खुट्टा भाँचिएका उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सबैको जुवा ऐनअनुसार महानगरीय प्रहरी वृत्त जनसेवाबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ८ : २६ बजे

रोकिएका विकासका काम अघि बढाउँछौँः मुख्यमन्त्री थापा मगर

हेटौँडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ ५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका