प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोजेको आरोपमा एक जना पक्राउ « Khabarhub

प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोजेको आरोपमा एक जना पक्राउ


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली-  सिन्धुलीमा ड्युटीमा खटिएका प्रहरीलाई चेकजाँचका क्रममा ५ सय रुपैयाँ घुस दिन खोजेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका–३ बस्ने ५२ वर्षीय मेदनी रेग्मी छन् । सिन्धुलीको कमलामाई नगरपालिका–६ माझीटारस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा रेग्मीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बीपी राजमार्गको प्रहरी चेक प्वाईन्टमा सवारी साधनहरुको सवारी पास जाँच गर्ने क्रममा झापाबाट काठमाडौं जान पास नलिई आएको मे.१ च ६६८३ नम्बरको सुमोलाई उक्त स्थानमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालक रेग्मीले नगद दिन खोजेपछि उनलाई सुमोसहित पक्राउ गरिएको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ९ : ४० बजे

ट्रम्प र जेलेन्स्कीबीच फ्लोरिडामा भेटवार्ता हुने

किएभ – रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै

बैतडीमा दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

बैतडी – दुई दिनदेखि बेपत्ता रहेका जिल्लाको शिवनाथ गाउँपालिका–२ सनकोट

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी