काठमाडौँ उपत्यकाको निषेधाज्ञा अझै एक साता थप्ने तयारी | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकाको निषेधाज्ञा अझै एक साता थप्ने तयारी


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं उपत्यकामा अझै एक साता निषेधाज्ञा थप्ने तयारी भएको छ ।

यसबारे निर्णय गर्न काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज अपराह्न बस्दैछ ।

अपराह्न तीन बजे काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकले निषेधाज्ञा कस्तो मोडालिटीमा थप्ने भन्ने निर्णय लिने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

अबको निषेधाज्ञामा सबै सार्वजनिक यातायात चल्न दिनुपर्ने व्यवसायीको दबाब छ । यसमा प्रजिअहरु सकारात्मक छैनन् । स्वास्थ्य मन्त्रालयको सुझावको आधारमा सबै सार्वजनिक सवारी साधन खुलाउने वा नखुलाउने भन्ने निर्णय गर्ने तयारी प्रजिअहरुको छ ।

गत मंगलबारदेखि २५ सिटभन्दा माथिका सार्वजनिक गाडी जोरबिजोरमा सञ्चालन छन् । यसलाई भने निरन्तरता दिइने भएको छ । यस्तै  पसलहरु पनि दिनभर खोल्न दिइएको छ ।

काठमाडौं उपत्यकामा गत वैशाख १६ गते शुरू भएको निषेधाज्ञा यही वैशाख २१ गते सकिँदैछ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ८ : ५५ बजे

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक

आज २०८२ साल कात्तिक २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २२ गते शनिबार। मंसिर