चर्को घाममा काम लगाउने कतारका २३२ कम्पनी कारबाहीमा | Khabarhub Khabarhub

चर्को घाममा काम लगाउने कतारका २३२ कम्पनी कारबाहीमा


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : नेपाली श्रमिकको प्रमुख गन्तब्य रहेको कतारमा चर्को घाममा काम लगाउने २३२ कम्पनीलाई कारबाही गरिएको छ ।

कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयको श्रम निरीक्षण विभागले १ जुनदेखि ३० सम्मको अवधिमा निरीक्षण गर्दा चर्को घाममा काम लगाउने २३२ कम्पनीलाई कारबाही गएको जनाएको छ ।

कारवाहीमा परेका ती कम्पनीलाई अबदेखि निषेधित समयमा काममा नलगाउन चेतावनी दिँदै ३ दिन काम रोक्नुपर्ने सजाय दिइएको मन्त्रालयले जनाएको छ ।

कतारमा कम्पनीहरूले विभिन्न साइटहरूको ठेक्का लिई श्रमिकलाई काम लगाउने गर्दछन् । मन्त्रालयले कार्यस्थलको आंशिक वा पूर्ण बन्द हुनबाट जोगिन विभिन्न क्षेत्रका सबै कम्पनीहरूलाई मन्त्रीस्तरको निर्णयको सम्मान गर्न समेत आग्रह गरेको छ ।

कतारमा जुन १ देखि सेप्टेम्बर १५ सम्म विहान १० देखि ३:३० बजेसम्म बाहिर घाम पर्ने खुला क्षेत्रमा काम लगाउन नपाइने नियम छ । उच्च गर्मीमा बाहिर काम गर्दा श्रमिकको ज्यान जाने खतरा हुने कारण कतार सरकारले घाममा काम लगाउन प्रतिबन्ध लगाएको हो ।

मन्त्रालयले श्रमिकको दैनिक काम गर्ने तालिका बनाउन पनि कम्पनीहरूलाई दबाब दिएको छ । सरकारले ३२ डिग्रीभन्दा माथि घाम भएको ठाउँमा खुला रूपमा काम गर्न प्रतिबन्ध लगाएको छ । यस्तै श्रमिकको स्वास्थ्य सुरक्षाका लागि आवश्यक पर्ने सामग्रीहरू कार्यस्थलमा अनिवार्य हुनुपर्ने नियम छ ।

गर्मी महिनालाई ध्यानमा राख्दै श्रमिकले लगाउने लुगादेखि वार्षिक रुपमा निःशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराउन पनि भनिएको छ । गर्मीमा काम लगाउँदा श्रमिकको लुगा हावा छिर्ने पारदर्शी र खुकुलो हुनुपर्ने तथा काम लगाउनुअघि मेडिकल रिपोर्ट अनिवार्य हुनुपर्ने नियम छ ।

दोहास्थित नेपाली दूतावासका अनुसार कतारमा अहिले ३ लाख १२ हजार ६५० नेपाली कार्यरत छन् । जसममा ११ हजार ९० जना महिला छन् । कतारमा ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा कार्यरत छन् ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ९ : ५५ बजे

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका