चर्को घाममा काम लगाउने कतारका २३२ कम्पनी कारबाहीमा « Khabarhub

चर्को घाममा काम लगाउने कतारका २३२ कम्पनी कारबाहीमा


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : नेपाली श्रमिकको प्रमुख गन्तब्य रहेको कतारमा चर्को घाममा काम लगाउने २३२ कम्पनीलाई कारबाही गरिएको छ ।

कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयको श्रम निरीक्षण विभागले १ जुनदेखि ३० सम्मको अवधिमा निरीक्षण गर्दा चर्को घाममा काम लगाउने २३२ कम्पनीलाई कारबाही गएको जनाएको छ ।

कारवाहीमा परेका ती कम्पनीलाई अबदेखि निषेधित समयमा काममा नलगाउन चेतावनी दिँदै ३ दिन काम रोक्नुपर्ने सजाय दिइएको मन्त्रालयले जनाएको छ ।

कतारमा कम्पनीहरूले विभिन्न साइटहरूको ठेक्का लिई श्रमिकलाई काम लगाउने गर्दछन् । मन्त्रालयले कार्यस्थलको आंशिक वा पूर्ण बन्द हुनबाट जोगिन विभिन्न क्षेत्रका सबै कम्पनीहरूलाई मन्त्रीस्तरको निर्णयको सम्मान गर्न समेत आग्रह गरेको छ ।

कतारमा जुन १ देखि सेप्टेम्बर १५ सम्म विहान १० देखि ३:३० बजेसम्म बाहिर घाम पर्ने खुला क्षेत्रमा काम लगाउन नपाइने नियम छ । उच्च गर्मीमा बाहिर काम गर्दा श्रमिकको ज्यान जाने खतरा हुने कारण कतार सरकारले घाममा काम लगाउन प्रतिबन्ध लगाएको हो ।

मन्त्रालयले श्रमिकको दैनिक काम गर्ने तालिका बनाउन पनि कम्पनीहरूलाई दबाब दिएको छ । सरकारले ३२ डिग्रीभन्दा माथि घाम भएको ठाउँमा खुला रूपमा काम गर्न प्रतिबन्ध लगाएको छ । यस्तै श्रमिकको स्वास्थ्य सुरक्षाका लागि आवश्यक पर्ने सामग्रीहरू कार्यस्थलमा अनिवार्य हुनुपर्ने नियम छ ।

गर्मी महिनालाई ध्यानमा राख्दै श्रमिकले लगाउने लुगादेखि वार्षिक रुपमा निःशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराउन पनि भनिएको छ । गर्मीमा काम लगाउँदा श्रमिकको लुगा हावा छिर्ने पारदर्शी र खुकुलो हुनुपर्ने तथा काम लगाउनुअघि मेडिकल रिपोर्ट अनिवार्य हुनुपर्ने नियम छ ।

दोहास्थित नेपाली दूतावासका अनुसार कतारमा अहिले ३ लाख १२ हजार ६५० नेपाली कार्यरत छन् । जसममा ११ हजार ९० जना महिला छन् । कतारमा ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा कार्यरत छन् ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ९ : ५५ बजे

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको