बीपी राजमार्ग एकतर्फी सञ्चालन « Khabarhub

बीपी राजमार्ग एकतर्फी सञ्चालन


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा- माम्ती खोलामा आएको बाढीले अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ र १२ को सीमामा पर्ने माम्ती खोलाको माथिबाट बाढीले बगाएर ल्याएर लेदो सडकमा थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो ।

प्रहरी, रोशी गाउँपालिका, सडक आयोजना र स्थानीयबासिन्दाको पहलमा लेदो हटाई एकतर्फी सञ्चालनमा ल्याइएको हो ।

इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रहरी निरीक्षक शेखर खड्काका अनुसार सडक अवरुद्ध भएपछि सवारी साधनको जाम र अलपत्र परेका यात्रुलाई गन्तव्यतर्फ पुर्‍याउन प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा एकतर्फी सञ्चालनमा ल्याइएको हो ।

सडक अवरुद्ध भएपछि शुक्रबार राति १२ बजेदेखि ठप्प भएको सवारी साधन दिउँसो २:३० बजेदेखि चल्न थालेको प्रहरी निरीक्षक खड्काले बताए ।

‘रातिदेखि नै बाढीका कारण सडक अवरुद्ध भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको समन्वयमा प्रहरी चौकी नेपालथोकबाट खटिएको प्रहरी टोली, रोशी गाउँपालिका र सडक आयोजनाको सक्रियतामा सडक खुलाउने काम भएको छ”, उनले भने, “खोलामा अझै बाढी आइरहेका कारण डोजरको प्रयोग गरेर एकतर्फी भए पनि अहिलेका लागि सडक खुलाइएको हो ।”

सडक अवरुद्ध भएपछि रामेछाप, सिन्धुलीलगायत पूर्वी तराईबाट काठमाडौँ आउने सवारी साधन खुर्कोटमा र काठमाडौँबाट जाने सवारी साधनलाई काभ्रेभञ्ज्याङमा नै रोकिएको थियो ।

सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका कर्मचारी चन्द्रबहादुर लामाले बाढीले राजमार्ग अवरुद्ध भएपछि सडक आयोजनाले दुई वटा जेसिबी र एउटा लोडर प्रयोग गरेर सडकमा थुप्रेको लेदो हटाएर यातायात सञ्चालनमा ल्याएको बताए ।

अहिले पनि खोलामा बाढी आइरहेका कारण जेसिबी परिचालन गरिरहेको उनले बताए ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  १० : १० बजे

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना