घुम्ती सेवामार्फत साउदीको जिजानमा ८० नेपालीको नि:शुल्क स्वास्थ्य परीक्षण « Khabarhub

घुम्ती सेवामार्फत साउदीको जिजानमा ८० नेपालीको नि:शुल्क स्वास्थ्य परीक्षण


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदीको जेद्धास्थित नेपाली महावाणिज्यदूतावासले नि:शुल्क स्वास्थ्य शिबिर तथा राहदानी नवीकरणको घुम्ती सेवा सम्पन्न गरेको छ ।

जिजानमा क्षेत्रमा सम्पन्न नि:शुल्क स्वास्थ्य शिबिर तथा राहदानी नवीकरणको घुम्ती सेवामा ८० जना नेपालीको नि:शुल्क स्वास्थ्य परीक्षणको गरिएको पीएनसीसी आउटरिच को-अर्डिनेटर नारायण पासवानले जानकारी दिए ।

घुम्ती सेवामा महामारीका कारण महावाणिज्य दूतावासमा गएर राहदानी नवीकरण गर्न समस्या भएका ६३ जनाको नवीकरणका लागि  सहजीकरण गरिएको उनले बताए ।

जिजान क्षेत्र र त्यस वरपरका शहरहरुमा रहेका झण्डै १ सय नेपाली श्रमिकहरुको उपस्थिती रहेको थियो । धेरैले राहदानी नवीकरण गर्नका लागि टाढा रहेको नेपाली दूतावास रियाद र महावाणिज्य दूतावास जेद्धासम्म गएर राहदानी नवीकरण गर्नु पर्ने खर्च र झन्झटबाट मुक्त भएको तथा नि:शुल्क स्वास्थ्य परीक्षण भएकोमा खुशी व्यक्त गरेका थिए ।

गैरआबासीय नेपाली संघ जिजान क्षेत्रका अध्यक्ष खुम बहादुर सार्कीको सभापतित्वमा भएको कार्यक्रममा  नेपाली श्रमिकहरुलाई सामान्य स्वास्थ्य ज्ञान र अन्य समस्याहरुको बारेमा महावाणिज्यदूत शत्रुघन पोखरेल र डा. बसरा खातुनले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  १२ : १० बजे

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको