घुम्ती सेवामार्फत साउदीको जिजानमा ८० नेपालीको नि:शुल्क स्वास्थ्य परीक्षण | Khabarhub Khabarhub

घुम्ती सेवामार्फत साउदीको जिजानमा ८० नेपालीको नि:शुल्क स्वास्थ्य परीक्षण


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदीको जेद्धास्थित नेपाली महावाणिज्यदूतावासले नि:शुल्क स्वास्थ्य शिबिर तथा राहदानी नवीकरणको घुम्ती सेवा सम्पन्न गरेको छ ।

जिजानमा क्षेत्रमा सम्पन्न नि:शुल्क स्वास्थ्य शिबिर तथा राहदानी नवीकरणको घुम्ती सेवामा ८० जना नेपालीको नि:शुल्क स्वास्थ्य परीक्षणको गरिएको पीएनसीसी आउटरिच को-अर्डिनेटर नारायण पासवानले जानकारी दिए ।

घुम्ती सेवामा महामारीका कारण महावाणिज्य दूतावासमा गएर राहदानी नवीकरण गर्न समस्या भएका ६३ जनाको नवीकरणका लागि  सहजीकरण गरिएको उनले बताए ।

जिजान क्षेत्र र त्यस वरपरका शहरहरुमा रहेका झण्डै १ सय नेपाली श्रमिकहरुको उपस्थिती रहेको थियो । धेरैले राहदानी नवीकरण गर्नका लागि टाढा रहेको नेपाली दूतावास रियाद र महावाणिज्य दूतावास जेद्धासम्म गएर राहदानी नवीकरण गर्नु पर्ने खर्च र झन्झटबाट मुक्त भएको तथा नि:शुल्क स्वास्थ्य परीक्षण भएकोमा खुशी व्यक्त गरेका थिए ।

गैरआबासीय नेपाली संघ जिजान क्षेत्रका अध्यक्ष खुम बहादुर सार्कीको सभापतित्वमा भएको कार्यक्रममा  नेपाली श्रमिकहरुलाई सामान्य स्वास्थ्य ज्ञान र अन्य समस्याहरुको बारेमा महावाणिज्यदूत शत्रुघन पोखरेल र डा. बसरा खातुनले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  १२ : १० बजे

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको