एकताको आधारबारे एमाले वार्ता टोलीका सदस्यले वरिष्ठ नेता नेपाललाई ‘ब्रिफिङ’ गर्दै « Khabarhub

एकताको आधारबारे एमाले वार्ता टोलीका सदस्यले वरिष्ठ नेता नेपाललाई ‘ब्रिफिङ’ गर्दै


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेकपा एमालेको वार्ता टोलीका सदस्यहरु वरिष्ठ नेता माधव कुमार नेपालको निवास कोटेश्वर पुगेका छन् ।

वार्ता टोलीबीच भएको भनिएको सहमतिको मस्यौदाबारे अहिले नेता नेपाललाई दोस्रो तहका नेताहरुले ब्रिफिङ गरिरहेको जनाइएको छ ।

केही दिनयता लगातार भएको छलफलबारे नेपाललाई उनी पक्षधरहरुले मात्रै ब्रिफिङ गर्दै आएकोमा आज ओली पक्षधर नेताहरु पनि नेता नेपाललाई भेट्न पुगेका हुन् ।

ओली पक्षबाट वार्तामा सहभागी उपमहासचिव बिष्णु पौडेल, शंकर पोखरेल र सुवास नेम्वाङले नेता नेपाललाई आश्वस्त पार्ने प्रयास गरिरहेका छन् ।

एमालेको केन्द्रीय कमिटी बैठकले सोमवार साँझसम्म शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिँदै एमालेमा रहन वा गठबन्धन रोज्न नेपाल पक्षधरलाई समयसीमा दिएलगत्तै दुई पक्षबीच अझ धेरै छलफल भएका छन् ।

नेपाल पक्षधर भने पार्टी २०७४ जेठ २ कै अवस्थामा फर्काउनु पर्ने र ओलीले प्रतिनिधिसभा विघटन गरेकोमा माफि माग्नु पर्ने अडानमा छ । ओली पक्षधर भने देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नै एकताको आधार भएको बताउँदै आएको छ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  १० : ५५ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार