एकताको आधारबारे एमाले वार्ता टोलीका सदस्यले वरिष्ठ नेता नेपाललाई ‘ब्रिफिङ’ गर्दै « Khabarhub

एकताको आधारबारे एमाले वार्ता टोलीका सदस्यले वरिष्ठ नेता नेपाललाई ‘ब्रिफिङ’ गर्दै


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेकपा एमालेको वार्ता टोलीका सदस्यहरु वरिष्ठ नेता माधव कुमार नेपालको निवास कोटेश्वर पुगेका छन् ।

वार्ता टोलीबीच भएको भनिएको सहमतिको मस्यौदाबारे अहिले नेता नेपाललाई दोस्रो तहका नेताहरुले ब्रिफिङ गरिरहेको जनाइएको छ ।

केही दिनयता लगातार भएको छलफलबारे नेपाललाई उनी पक्षधरहरुले मात्रै ब्रिफिङ गर्दै आएकोमा आज ओली पक्षधर नेताहरु पनि नेता नेपाललाई भेट्न पुगेका हुन् ।

ओली पक्षबाट वार्तामा सहभागी उपमहासचिव बिष्णु पौडेल, शंकर पोखरेल र सुवास नेम्वाङले नेता नेपाललाई आश्वस्त पार्ने प्रयास गरिरहेका छन् ।

एमालेको केन्द्रीय कमिटी बैठकले सोमवार साँझसम्म शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिँदै एमालेमा रहन वा गठबन्धन रोज्न नेपाल पक्षधरलाई समयसीमा दिएलगत्तै दुई पक्षबीच अझ धेरै छलफल भएका छन् ।

नेपाल पक्षधर भने पार्टी २०७४ जेठ २ कै अवस्थामा फर्काउनु पर्ने र ओलीले प्रतिनिधिसभा विघटन गरेकोमा माफि माग्नु पर्ने अडानमा छ । ओली पक्षधर भने देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नै एकताको आधार भएको बताउँदै आएको छ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  १० : ५५ बजे

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको