बजेट पास नहुने देखिएपछि वाग्मती प्रदेशसभा बैठक सारियो « Khabarhub

बजेट पास नहुने देखिएपछि वाग्मती प्रदेशसभा बैठक सारियो


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बजेट पास नहुने देखिएपछि वाग्मती प्रदेशसभाको बैठक सारिएको छ । आइतबार बिहान ११ बजेका लागि आह्वान गरिएको प्रदेशसभाको बैठक ३ बजेका लागि सारिएको हो ।

सत्तारुढ दल एमालेकै माधव नेपाल समूहले बजेट पास गर्न असमर्थ रहेको जनाएपछि प्रदेशसभाको बैठक ३ बजेका लागि सारिएको जनाइएको छ । प्रदेशसभा सचिवालयले भने प्राविधिक समस्याका कारण ३ बजेका लागि सारिएको जनाएको छ ।

सत्तारुढ दल नेकपा एमाले वाग्मती प्रदेशका प्रमुख सचेतक दीपक निरौलाले आवश्यक छलफलका लागि प्रदेशसभा बैठक स्थगित गरिएको बताए ।

‘केही विवादहरु समाधान गर्नुपर्ने भएकाले प्रदेशसभाको बैठक सारिएको हो,’ उनले भने । उनले प्रदेशसभाको बैठकमा बजेट माथिको छलफल संचालनका लागि सत्तापक्ष र प्रतिपक्ष दलहरु बीच सहमती कायम गर्न आज दिउँसो १ बजे सभामुख सानुकुमार श्रेष्ठसँग छलफलको कार्यक्रम तय गरिएको बताए ।

हिजो शनिबारदेखि प्रदेशसभाको बैठकमा विपक्षी दलहरुले अवरोध गरेका छन् ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  १२ : २५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र