फ्रन्टलाइनरको चित्र फेरि कोर्न पाउनु पर्ने माग राख्दै कलाकारको प्रदर्शन | Khabarhub Khabarhub

फ्रन्टलाइनरको चित्र फेरि कोर्न पाउनु पर्ने माग राख्दै कलाकारको प्रदर्शन


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारीमा अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाइएको चित्रकला काठमाडौं महानगरपालिकाले मेटाएपछि कलाकारले विरोध गरेका छन् ।

आइतबार उनीहरुले महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरुले कोरोना महामारीका बेला फ्रन्टलाइनरले गरेको कामको सम्मान गर्न पनि आग्रह गरे । बिरोध प्रदर्शनपछि कलाकारहरुले पुनः चित्र कोर्न दिन माग गर्दै महानगरसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

चित्रकलाको परिकल्पनाकार दुजाङ शेर्पाले स्वास्थ्यकर्मीलगायत कोरोना महामारी नियन्त्रणका लागि खटिएकाहरूलाई उचित सम्मान र हौसला दिनुपर्ने बताए । उनले पुन: चित्र कोर्नका लागि ज्ञापन पत्र बुझाइएको जानकारी दिए ।

केही दिन अघि दुजाङ शेर्पासहितका कलाकारले रत्नपार्कको आकाशेपुलको भित्तामा कोरोना महामारीमा संक्रमितको उपचार र सर्वसाधारणको सेवामा खटिएकाहरूको सम्मानमा चित्रकला बनाएका थिए । उक्त चित्रलाई महानगरपालिकाले मेटाएको थियो ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ३ : ४० बजे

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा

काठमाडौं उपत्यकासहितमा चर्को हावाहुरी, केही स्थानमा पानी पर्ने

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा चर्को हावाहुरी चलिरहेको छ ।

बाग्मती प्रदेशसभाका विषयगत समितिहरू सभापतिविहीन

बाग्मती– बाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छ