अस्ट्रेलियामा दुई नेपाली क्लबको रक्तदान कार्यक्रम « Khabarhub

अस्ट्रेलियामा दुई नेपाली क्लबको रक्तदान कार्यक्रम


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यानवेरा– अस्ट्रेलियाको राजधानी क्यानवेरामा सक्रिय दुई नेपाली क्रिकेट क्लब बुद्ध नेपलिज र ब्रदर्श यूनाईटेडको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेप्लिज वल्ड डोनर एसोसिएशन अस्ट्रेलियाको पहलमा क्यानवेराको ज्ञारेनमा अवस्थित लाईफ ब्लड डोनर सेन्टरमा भएको रक्तदान कार्यक्रममा दुई क्लबका १६ खेलाडीले रक्तदान गरेको एसोसिएशनका सदस्य ललीत मल्लले जानकारी दिए ।

रक्तदानमा सहभागी खेलाडी एवंम स्वयंसेवक सुरेश सुवेदी, विशाल बस्नेतले कोभिड कहरकाबीच रक्तदान गर्न पाएकोमा खुसी ब्यक्त गरे । खेलाडीहरूले आगामी दिनमा पनि रक्तदान जस्तो मानव जीवनसँग जोडिएको पवित्रकार्यलाई जारी राख्ने बताएका छन ।

कोभिडका कारण रगतको अभाव देखिएपछि अस्ट्रेलियन रेडक्रसले रक्तदान गर्न आह्वान गरिरहेको बेला नेपाली समुदायमा सक्रिय विभिन्न संघसंस्था तथा व्यक्तिले रक्तदान जारी राखेका छन् । यसअघि चितवन समाज अस्ट्रेलियाले पनि सिड्नीमा रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ४ : २४ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै