यी हुन नौ ग्रहलाई शान्त गर्ने उपाय « Khabarhub

यी हुन नौ ग्रहलाई शान्त गर्ने उपाय


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

ज्योतिष शास्त्रका सबै १२ राशीको स्वामी हुन्छ । यो स्वामी नौ ग्रह मध्ये हुने गर्दछ । कुनै ग्रहको केवल एक राशि त कुनैको २ राशी स्वामी हुने गर्दछ । राशि स्वामी अर्थात ग्रहको शुभ र अशुभ दशा व्यक्तिको जीवन र भविष्यमा पनि पर्दछ ।

ज्योतिष शास्त्रका अनुसार आफ्नो राशिको स्वामी ग्रह शान्त र प्रसन्न गर्न वा कुण्डलीमा भएको ग्रह दोष निवारण गर्न केहि उपाय गर्न सकिन्छ । सूर्य र शनि समेत सबै ९ ग्रहलाई शान्त गर्न नुहाउने पानीमा केहि विशेष चिज मिलाएमा लाभ मिल्न सक्छ ।

सूर्यलाई शान्त र प्रसन्न पार्ने उपाय
सूर्य, सिंह राशिको स्वामी हो । व्यक्ति जसको कुण्डलीमा सूर्यको प्रभाव सही छैन भने त्यस्ता व्यक्तिले नुहाउने पानीमा इलायची, केसर, रातो चन्दन वा रातो रंगको कुनै पनि फूल मिलाएर नुहाउनु पर्दछ । यसले सूर्य ग्रहको अशुभ प्रभाव पनि नष्ट हुन्छ ।

चन्द्रमालाई शान्त र प्रसन्न पार्ने उपाय
ज्योतिष शास्त्र अनुसार चन्द्रमामा कर्कट राशीको स्वामी मानिन्छ । यस्तोमा व्यक्ति जसको कुण्डलीमा चन्द्रमाको अशुभ प्रभाव छ उसले नुहाउने पानीमा सेतो चन्दन वा सेतो रंगको फूल मिलाएर नुहाएमा चन्द्रमाको खराब प्रभाव कम हुने मान्यता छ ।

मंगललाई शान्त र प्रसन्न पार्ने उपाय
मंगल मेष र वृश्चिक राशिको स्वामी हो । जसको कुण्डलीमा मंगल ग्रहको प्रभाव अशुभ छ भने नुहाउने पानीमा रातो लाल चन्दन, हींग र गुलाफको फूल मिलाएर नुहाएमा मंगलको खराब प्रभावक कम हुन्छ ।

बुध ग्रहलाई शान्त र प्रसन्न पार्ने उपाय
बुध ग्रहलाई कन्या र मिथुन राशिको स्वामी मानिन्छ । तसर्थ जसको कुण्डलीमा बुध ग्रहको खराब प्रभाव छ भने यसलाई नष्ट गर्न नुहाउने पानीमा मह, जाइफल र चावल मिलाएर नुहाएमा ग्रह शान्त हुने र शरीर स्वस्थ रहने मान्यता छ ।

बृहस्पती ग्रह शान्त र प्रसन्न पार्ने उपाय
बृहस्पतीलाई धनु र मीन राशिको स्वामी मानिन्छ । व्यक्तिको कुण्डलीमा यस ग्रहको अशुभ प्रभाव छ भने नुहाउने पानीमा बेसार, मह र चमेलीको फूलको पत्र हालेर नुहाएमा बृहस्पती ग्रह शान्त हुने र प्रसन्न हुने मान्यता छ ।

शुक्र ग्रहलाई शान्त र प्रसन्न पार्ने उपाय
शुक्रलाई वृष र तुला राशीका स्वामी मानिन्छ । व्यक्तिको कुण्डलीमा शुक्र ग्रहको अशुभ प्रभाव छ वा शुक्र ग्रहको कृपा प्राप्त गर्नु छ भने नुहाउने पानीमा जाइफल, इलायची, चन्दन र दूध मिलाएर नुहाएमा यसले लाभ दिने मान्यता छ ।

शनि ग्रह शान्त र प्रसन्न पार्ने उपाय
शनि मकर र कुम्भ राशीका स्वामी मानिन्छ । धेरै मानिसको कुण्डलीमा शनि भारी हुने र त्यसको अशुभ प्रभाव रहने गर्दछ । यसबाट बच्न नुहाउने पानीमा सौंफ, कालो तिल र खसखस मिलाकर नुहाएमा लाभ मिल्दछ ।

राहु केतु शान्त र प्रसन्न पार्ने उपाय
राहु र केतुको अशुभ प्रभावबाट बच्न र यसलाई शान्त पार्न नुहाउने पानीमा दुबो, रातो चन्दन र लोबान मिलाएर नुहाएमा यसको खराब प्रभावबाट बच्न सकिने मान्यता छ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  १२ : ५२ बजे

पोखराको खोलाघरमा बनेका अवैध संरचना हटाइँदै

कास्की– पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका

अय्यरको शतकमा पञ्जाबको सानदार जित

काठमाडौँ – श्रेयस अय्यरको सानदार अविजित शतकको मद्दतले पञ्जाब किङ्सले

वीरगञ्जबाट १० महिनामा करिब ८ खर्बको सामान भित्रियो

वीरगन्ज– वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्ष (आव)को १०

एसईईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा

काभ्रेको पाँचखालमा साप्ताहिक कृषि हाटबजार सञ्चालन

काभ्रेपलाञ्चोक– काभ्रेको पाँचखाल नगरपालिकाले साप्ताहिक कृषि हाटबजार सुरु गरेको छ