साउन मसान्तभित्र एसईई नतिजा प्रकाशन हुने « Khabarhub

साउन मसान्तभित्र एसईई नतिजा प्रकाशन हुने


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन मसान्तभित्र प्रकाशन गर्ने तयारी भएको छ ।

परीक्षा नियन्त्रक रुद्र अधिकारीले सकेसम्म साउन महिनाको दोस्रो साता वा ढिलामा पनि साउन मसान्तभित्र परीक्षाफल प्रकाशन गर्ने बोर्डको योजना रहेको बताए ।

परीक्षा बोर्डको निर्णयअनुसार आजसम्म विद्यालयले सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा आन्तिरिक मूल्यांक नम्बर पठाउँने छन् । इकाइले विद्यालयले पठाएको नतिजा प्रमाणित गरेर असार मसान्तभित्र बोर्डमा पठाउनेछ ।

उनका अनुसार बोर्डमा नम्बर प्राप्त भएपछि इन्ट्री र रुजु गरिने छ। समयमा सबै आन्तरिक मूल्यांकनको नम्बर प्राप्त भएमा साउनभित्रमा नतिजा प्रकाशित हुने नियन्त्रक अधिकारीले बताए ।

अहिले देशभरका विभिन्न स्थानमा बाढी पहिरो गइरहेको र विद्यालयमा पनि क्षति पुर्याएकोले इकाइमा मुल्यांकन गरी विद्यालयले समयमै इकाइमा पठाउँन नसकेको अवस्था रहेको हुँदा केही ढिला हुनसक्ने सम्भावना पनि रहेको उनले बताए ।

उनका अनुसार ०७७ को एसईईमा ५ लाख १७ हजार परीक्षार्थीको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुनेछ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ५ : १४ बजे

निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउनेगरी विद्युत् विधेयक ल्याउन इप्पानको माग

काठमाडौं– निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउनेगरी नयाँ विद्युत्

चर्चाका रिल जोडी

काठमाडौं – पर्दामा मिठो केमेस्ट्रीले गर्दा नायक–नायिका वास्तविक जोडीका रुपमा

भारतीय सेना प्रमुख काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं– भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चारदिने भ्रमणको सिलसिलामा

‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’

काठमाडौं- नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष तथा पूर्वमन्त्री घनश्याम भूसालले मुलुक

इतरको भेला उद्घाटनमा गएका पूर्णबहादुर समापनमा किन भए गयल ?

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला समापनका दिन