सरकारसँगको सहमति कार्यान्वयन नभएकोमा विप्लव समूहको असन्तुष्टि « Khabarhub

सरकारसँगको सहमति कार्यान्वयन नभएकोमा विप्लव समूहको असन्तुष्टि


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले आफूहरुसँग गरेको सहमति गम्भीरतापूर्वक कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएको छ ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले सम्झौता कार्यान्वयनमा ढिलाइ भएको र यस बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको जानकारी दिए । उनले आफूले इमान्दारीपूर्वक सरकारसँग भएको सहमति कार्यान्वयन गरेको र सरकारले पनि कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।

प्रधानमन्त्री ओलीसँगको भेटमा सहमति कार्यान्वयन गर्ने आश्वासन पाएको उनको भनाइ छ । उनले राष्ट्रिय राजनीतिमा पार्टीको शान्तिपूर्ण ढंगले प्रवेश सामान्य घटनाक्रम नभएको बताए ।

तीन बुँदे सहमतिलाई कार्यान्वयन गर्नेसँग सम्बन्धित विषयमा १० दिनभित्र परिणाम निकाल्ने निष्कर्षमा पुगेको उनले बताए । विश्वकर्माले आफ्ना नेता कार्याकर्तालाई छिटो भन्दा छिटो रिहाइ नगरे त्यसको मूल्य सरकारले चुकाउनुपर्ने चेतवनी पनि दिए ।

विश्वकर्माले परिवर्तन र जनमतलाई अब कसैले रोक्न नसक्ने बताए । उनले संसद पुनर्स्थापना भएपनि/नभएपनि आफूहरूको सरोकारको विषय नरहेको तर्क गरे । आफूहरू अहिलेको संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ६ : ५४ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित