वायुसेवा निगमलाई निजीकरण गर्न खोजिएको भन्दै कर्मचारी संगठन आन्दोलित « Khabarhub

वायुसेवा निगमलाई निजीकरण गर्न खोजिएको भन्दै कर्मचारी संगठन आन्दोलित


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारी स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमका कर्मचारी आन्दोलित बनेका छन् । निगमलाई निजीकरण गर्ने चर्चासँगै निगमका कर्मचारी संगठनले त्यसको विरोध गरेका हुन् ।

निगमलाई ५४ अर्ब अधिकृत पुँजीको सट्टा ५० अर्ब कायम गरी पूर्ण निजीकरणको प्रस्तावसहित कम्पनीको (डीडीए) प्रतिवेदन पर्यटन मन्त्रालय हुँदै अर्थमन्त्रालय पठाएको निगमका कर्मचारी संगगठनको आरोप छ । कम्पनीको कुल चुक्ता पूँजी २० अर्ब कायम गरिने प्रतिवेदनमा उल्लेख छ ।

कर्मचारीलाई कुनै सुइँको नदिइकन कम्पनीको प्रबन्धपत्र संशोधनसहित प्रस्ताव अर्थमन्त्रमलय पुगेको भन्दै उनीहरूले गुनासो गरेका छन् । कर्मचारीको सहमतिबिना प्रबन्ध निर्देशक डिमप्रसाद पौडेलले संस्थालाई निजीकरण गर्न लागेको निगम कर्मचारी संघका उपाध्यक्ष देवेन्द्र पुनले बताए ।

निगमले अहिले कुल पुँजीमध्ये संस्थापक शेयर खरिदका लागि ५१ प्रतिशत, ख्यातिप्राप्ती विदेशी वायुसेवा कम्पनीका लागि ३० प्रतिशत, हवाई सेवा पर्यटन व्यवसायी तथा सर्वसाधारणका लागि १४ प्रतिशत, कम्पनीमा बहालवाला तथा पूर्वकर्मचारीका लागि ५ प्रतिशत छुट्याएको छ ।

निगम सुधारका लागि छफलसँगै मन्त्रालयले पत्र पठाएर प्रस्तावित मोडेल तयार पर्न आग्रह गरेपछि संचालक समितिका सदस्य किशोर प्रधानको संयोजकत्वमा मन्त्रालयका सह-सचिव वुद्धिसागर लामिछानेसहितको कार्यदल दुई मोडल तयार पारेको थियो ।

प्रस्तावित मोडलमा एउटा सरकारकै स्वामित्वमा भइरहेको कार्यप्रणालीलाई परिमार्जित गर्दै लैजाने र अर्को निगमलाई निजीकरण गर्ने रहेको छ ।

नेपाल वायुसेवा निगम कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन निगम, नेपाल वायुसेवा कर्मचारी संघले विज्ञप्ति जारी गरी निगमको कार्यलाई भर्त्सनासमेत गरेका छन् । यस्तै, कर्मचारी संगठनले निगमका मेनेजर लेभलका कर्मचारीलाई भेला गरी आइतबार छलफल समेत गरेको छ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ८ : ४५ बजे

सडक विस्तारको मौका छोपेर घरभाडा वृद्धि नगर्न अनुरोध

वीरगञ्ज– वीरगञ्ज महानगरले सडक विस्तारका क्रममा यहाँको मुख्य सडकको भवन

सुकुम्बासी र हुकुमबासी सरकारले पहिचान गरोस् : हरि रोका

काठमाडौं- सरकारले सहरका सुकुम्बासी व्यवस्थापन गर्न लागेको चर्चा छ ।

प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुलापत्र

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहलाई द्वन्द्वपीडित समुदायले  खुला आह्वान पत्रमार्फत सङ्क्रमणकालीन

दुर्गम सिलीचोङलाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौं– दुर्गम भूगोल र कमजोर यातायात पहुँच रहेको संखुवासभाको सिलीचोङ गाउँपालिकालाई

वर्षौंदेखि जीर्ण नहर मर्मत नहुँदा किसान मर्कामा

पर्वत– वर्षौंदेखि जीर्ण अवस्थामा रहेको सिँचाइ नहर मर्मत नहुँदा धानखेतीको