घाउ किन लामो समयसम्म निको हुँदैन ? « Khabarhub

घाउ किन लामो समयसम्म निको हुँदैन ?


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सामान्यतया कुनै घाउ वा चोटपटक लागे यो आफैं निको हुन्छ । तर कतिपय अवस्थामा हाम्रो शरीरले यस्ता घाउ वा चोटपटक निको पार्न सक्दैन । घाउ भएको लामो समयसम्म पनि खाटा नबसे वा निको हुने लक्षण नदेखिएमा अस्पताल जानु पर्दछ ।

किन आफैं निको हुदैँन घाउँ ? यी हुन् कारण
१. बाहिरी संक्रमण
छालाले शरीरलाई हानिकारक ब्याक्टेरियाविरुद्ध प्रतिरक्षा गर्दछ । तर जब छालामा नै घाउ हुन्छ वा छाला फाट्छ त्यही ठाउँबाट शरीरमा प्रवेश गरेका हानिकारक ब्याक्टेरियाका कारण घाउ निरन्तर रातो भइरहन्छ, सुन्निन्छ । संक्रमण भएको घाउ चाँडै निको नहुन सक्छ ।

२. भोजन
घाउ निको हुनु नहुनुमा अर्काे कारण हो, भोजन । खानेकुराले पनि घाउ निको पार्न मद्दत गर्दछ । फलफूल र हरिया सागसब्जी खाएमा भिटामिन तथा खनिजले शरीर स्वस्थ्य राख्ने मात्र होइन, घाउ पनि छिट्टै निको पार्दछ । यसकालागी पोषणयुक्त भोजन गर्न आवश्यक छ ।

३. मधुमेह
सुगर अर्थात मधुमेहका बिरामीको शरीरमा ब्लड सुगरको मात्रा धेरै हुने भएकाले यस्ता घाउ वा चोटपटक चाँडै निको हुँदैन । बरु उल्टै संक्रमणको जोखिम हुन्छ । त्यसैले खुट्टा वा पैतालाको घाउ निको हुन ढिलो भइरहेको छ भने यो मधुमेहका कारणले पनि हुनसक्छ ।

४. सेवन गर्ने औषधि
घाउ चोट निको नहुनमा हामीले सेवन गर्ने औषधि पनि कारक हुनसक्छ । केमोथेरापी र रेडिएसनका औषधिमा हुने रासायनिक पदार्थले शरीरको रोगप्रतिरोध क्षमतामा नकारात्मक प्रभाव पार्दछ । यस्तै एन्टिबायोटिक औषधिले शरीरका फाइदाजनक ब्याक्टेरिया मार्छ । साथै दुखाइ कम गर्ने औषधिले शरीरको रोग प्रतिरोध प्रणालीको घाउ निको पार्ने प्रक्रियामा अवरोध उत्पन्न गर्छ ।

५. रक्तसञ्चारमा अवरोध
घाउ निको पार्न राता रक्तकणको भुमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । राता रक्तकणले नयाँ कोष घाउ भएका ठाउँमा ओसार्छन्, जसबाट शरीरले कोलाजिनको सहायताले नयाँ छाला निर्माण गर्छ । तर रक्त सञ्चारमा नै अवरोध आएमा घाउ निको हुन ढिलो हुन्छ ।

६. मदिराको सेवन
मद्यपानले पनि घाउ छिटो निको हुन नदिन सक्छ । अल्कोहलका कारण घाउ चोटपटक वा अन्य रोगमा पनि धेरै संक्रमण हुन सक्छ । शल्यक्रिया गरिएका घाउ निको हुन मद्यपानले अवरोध गर्छ । अत्यधिक मद्यपानले सेता रक्तकण नष्ट गर्ने एक अध्ययनले बताएको थियो ।

७. नशामा हुने घाउ
खुट्टामा भएको घाउ निको हुन धेरै समय लागेको भए यो नशामा माथि भएको घाउ हुनसक्छ । खुट्टाबाट मुटुसम्म पुग्नुपर्ने रगत, रक्तसञ्चार हुन नसक्दा र वरिपरिको छाला रगतको दबाबले कमजोर हुदाँ घाउ हुनुका साथै निको नहुने पनि हुनसक्छ ।

यदि घाउ निको भइरहेको छैन भने यसकालागि केहि विषेश हेरविचार गर्नुपर्ने हुन्छ 

१. घाउ वरिपरिको भागलाई मज्जाले साबुन पानीले धुने ।
२. खाटा बस्न नदिन घाउलाई हलुका आर्द्रता राख्ने ।
३. घाउँमा पेट्रोलियम जेली उपयोग गर्ने ।
४. दैनिक घाउ सफा गर्ने र पट्टी फेरिरहने ।
५. डाक्टरले दिएका सुझाव पालना गर्ने ।

कुनै घाउ वा चोटपटक पूर्ण रुपमा निको हुन ३ सातासम्म लाग्न सक्छ । तर त्यतिमा पनि निको नभए वा घाउको अवस्था हेरी तुरुन्तै वा त्यसपछि डाक्टरकहाँ जानु उचित हुन्छ । एक महिनासम्म पनि कुनै सामान्य घाउ निको नभए तुरुन्त डाक्टरकहाँ जानु पर्छ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ७ : ५२ बजे

भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै

मोरङ- भारतीय बजारबाट रु एक सयभन्दा बढी मूल्यका सामग्री खरिद

डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव

बेइजिङ- चीनको फुझोउ शहरमा आयोजित नवौं डिजिटल चीन शिखर सम्मेलनमा

असुरक्षित बस्तीबाट सुरक्षित बसोबासतर्फको यात्रा

काठमाडौं- काठमाडौं उपत्यकाभित्र बागमती नदी र त्यसका सहायक खोलाका किनारमा

‘आर्थिक अवस्था मजबुत बनाउने लक्ष्यसहित बजेट तयारी हुँदैछ’

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक अवस्थालाई मजबुत बनाउने

हुरीले मकैखेतीमा क्षति

इनरुवा (सुनसरी)- बुधबार राति आएको हुरीले सुनसरीको इनरुवासहित विभिन्न स्थानमा