फेरि संक्रमण फैलिएपछि चीनको वुहानमा सबै नागरिकको कोरोना परीक्षण गरिँदै | Khabarhub Khabarhub

फेरि संक्रमण फैलिएपछि चीनको वुहानमा सबै नागरिकको कोरोना परीक्षण गरिँदै


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको वुहानमा फेरि कोरोना संक्रमणदर बढेको छ । फेरि संक्रमण फैलिएपछि चीनको वुहानमा सबै नागरिकको कोरोना परीक्षण गर्न थालिएको बीबीसीले जनाएको छ ।

स्थानीय स्तरमा कोरोनाबाट संक्रमित भइरहेको फेला परेपछि सबै नागरिकको कोरोना परीक्षण गर्न लागिएको हो ।

एक वर्षमा पहिलोपटक वुहानमा ७ नयाँ संक्रमित फेला परेका छन् । १ करोड १० लाख जनसङ्ख्या बसोबास गर्ने वुहान सहरमा २०१९ मा कोरोना भाइरस सबैभन्दा पहिले देखा परेको थियो ।

कोरोनाबाट लगभग मुक्त भइ साधारण जनजीवनमा फर्किसकेको चीनमा पछिल्ला केही दिन संक्रमण दर बढेको छ । १० दिनमा तीन सय नयाँ संक्रमित भेटिएका छन् । आधिकारिक निकायहरुले अति संक्रमक मानिएको डेल्टा भेरियेन्टका कारण र स्थानीय पर्यटनको सिजन भएकाले नै भाइरस तीव्र रुपमा फैलिरहेको बताएका छन् ।

मंगलबार मात्र चीनभरबाट ९० नयाँ कोरोना बिरामी फेला पारिएको छ । राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार ती मध्ये ६१ स्थानीय स्तरमा संक्रमित भएको पाइएको छ । यस अगाडिसम्म चीनलाई कोरोना नियन्त्रणमा विश्वकै अब्बल मुलुक मध्येको एक मानिँदै आएको थियो ।

सीमा क्षेत्रमा पनि चीनले प्रभावकारी रुपमा कोरोना नियन्त्रण गर्न सफल भएको देखिन्छ । तर केही समय अघि नानजिङस्थित एक अति व्यस्त विमानस्थलमा एकजना कर्मचारी संक्रमित भएको पाइएपछि चिन्ता बढेको हो । यसरी सरकारले नानजिङका ९२ लाख वासिन्दाहरुको तीनपटक परीक्षण गराइसकेको छ र त्यहाँका लाखौँ मानिसलाई लकडाउनमा समेत राखेको छ ।

यो नयाँ संक्रमणको प्रकोप राजधानी बेइजिङसम्म पनि पुगिसकेको छ जहाँ स्थानीय संक्रमणबारे लगातार खबर आइरहेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ७ : ४९ बजे

सुनचाँदीको मूल्य आज पनि घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ

प्रि ओपन सेसन : २१ अंकले बढ्यो नेप्से

काठमाडौ– प्रि ओपन सेसनमा मंगलबार नेप्से परिसूचक २१ अंकले बढेको

कर्णाली डेभलपमेन्ट बैंकलाई निक्षेप र कर्जा प्रवाहमा रोक

काठमाडौं– नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, नेपालगञ्जलाई निक्षेप

चन्द्रागिरि नगरपालिकाद्वारा युवालाई ‘डिजिटल’ तालिम

काठमाडौं– चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रका शिक्षित युवालाई‘‘डिजिटल’ सीप प्रदान गरी

सामाजिक सुरक्षाको बृहत्तर अवधारणामा सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सामाजिक सुरक्षाको बृहत्तर