कोरोनाको तेस्रो लहर रोक्न भारतीय सीमा नाकामा निगरानी | Khabarhub Khabarhub

कोरोनाको तेस्रो लहर रोक्न भारतीय सीमा नाकामा निगरानी


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको तेस्रो लहरलाई रोक्न भारतसँगको सीमा नाकामा निगरानी र परीक्षण शुरु भएको छ । भारतमा अहिले कोरोनाको संक्रमण फेरि बढिरहेकाले नेपाल पनि उच्च जोखिममा छ ।

यसअघि भारतमा दोस्रो लहर फैलिँदा नेपाल पनि प्रभावित भएको थियो । भारतसँगको खुला सीमा नाकाका कारण त्यहाँ संक्रमण फैलिए नेपालमा पनि असर पर्छ । खुला सीमा नाकाबाट फैलन सक्ने संक्रमणलाई रोक्न भन्दै केही दिनदेखि निगरानी र परीक्षण थालेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहका अनुसार नाकाबाट नेपाल प्रवेश गर्नेहरुको ज्वरो नाप्न थालिएको छ । यस्तै, लक्षण देखिएका व्यक्तिको एन्टिजेन परीक्षण पनि हुने गरेको छ । अहिलेसम्म १२ हजार भन्दा धेरैको परीक्षण भइसकेको उनले बताए । तेस्रो लहरको जोखिम उच्च भएसँगै नाका जोडिएका क्षेत्रका अस्पतालमा २० प्रतिशत शैया बालबालिकाका लागि छुट्टाएर राख्न थालिएको छ ।

यस्तै, तेस्रो लहर फैलिए कसरी उपचार गर्ने भन्ने बारे पनि पूर्वतयारी थालिएको उनले बताए । तर, सीमा नाकामा भइरहेको यो तयारी पर्याप्त भने नभएको विज्ञ बताउँछन् । सीमा नाकाबाट हुने आवतजावतलाई रोक्न नसक्दा नै कोरोनाको पहिलो लहर र दोस्रो लहर फैलिएको भन्दै स्वास्थ्य विज्ञले अब पनि नाकालाई व्यवस्थित बनाउन नसके तेस्रो लहरबाट जटिल अवस्था आउन सक्ने बताएका छन् ।

निषेधाज्ञा खुकुलो भएसँगै अहिले देशका धेरै ठाउँमा कोरोनाका बिरामी बढ्दै गएका छन् । सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । दैनिक सङ्क्रमित बढेपछि कोरोना उपचारका लागि छुट्याइएका सघन उपचारकक्ष, भेन्टिलेटर र साधारण शय्या भरिएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  १० : ०९ बजे

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला