हनी सिंहविरुद्ध श्रीमतिले दिइन् घरेलु हिंसाको उजुरी « Khabarhub

हनी सिंहविरुद्ध श्रीमतिले दिइन् घरेलु हिंसाको उजुरी


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउडमा आफ्नो गीतका लागि लोकप्रिय पञ्जाबी गायक यो यो हनी सिंहविरुद्ध उनकी पत्नी शालिनी तलवारले घरेलू हिंसा कानून अनुसार उजुरी दर्ता गराएकी छन् । पत्नीको उजुरी पछि दिल्लीको तीस हजारी कोर्टले हनीलाई सूचना पठाउदै जवाफ दिन अनुरोध गरेको छ ।

शालिनीले यो यो हनी सिंह अर्थात् ह्रदेश सिंहविरुद्ध प्रोटेक्स अफ वुमन फ्रम डोमेस्टिक वायलोन्स एक्ट अनुसार उजुरी दिएकी हुन् । यो उजुरी मंगलबार तीस हजारी कोर्ट अफ चीफ मेट्रोपोलिटन मजिस्ट्रेट तानिया सिंहसमक्ष दर्ता भएको हो ।

अदालतले हनीलाई जवाफ दिनका लागि अगष्ट २८ सम्मको समय दिएको छ । शालिनीको हकमा अन्तरिम आदेश दिएको छ । जसमा हनीलाई दुवैको संयुक्त सम्पत्तिबाट टाढा बस्न भनेको छ ।

सन् २०१४ मा हनीले रियालिटी शो ‘इण्डियाज रस्टार’ मा आफ्नो श्रीमतिलाई पहिलोपटक सार्वजनिक गरेका थिए । बलिउडमा नाम बनाउनु अघि नै हनीले शालिनीलाई विवाह गरेका थिए । हनीले सन् २०११ बाट बलिउडमा गायन करियर सुरुवात गरेका थिए ।

सन् २०१२ मा रिलिज फिल्म ‘ककटेल’को गीत ‘अंग्रेजी बिट’बाट हनीले लोकप्रियता पाएका थिए । सन् २०२० मा उनले ‘छलांग’ र ‘मुम्बई सागा’का लागि गीत बनाएका थिए । ‘छलांग’को ‘केयर नी करदा’ र ‘मुम्बई सागा’को ‘शोर मचाएगा’ हिट भएको थियो । उनले केही फिल्ममा अभिनय पनि गरेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  १२ : ४९ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको