हनी सिंहविरुद्ध श्रीमतिले दिइन् घरेलु हिंसाको उजुरी « Khabarhub

हनी सिंहविरुद्ध श्रीमतिले दिइन् घरेलु हिंसाको उजुरी


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउडमा आफ्नो गीतका लागि लोकप्रिय पञ्जाबी गायक यो यो हनी सिंहविरुद्ध उनकी पत्नी शालिनी तलवारले घरेलू हिंसा कानून अनुसार उजुरी दर्ता गराएकी छन् । पत्नीको उजुरी पछि दिल्लीको तीस हजारी कोर्टले हनीलाई सूचना पठाउदै जवाफ दिन अनुरोध गरेको छ ।

शालिनीले यो यो हनी सिंह अर्थात् ह्रदेश सिंहविरुद्ध प्रोटेक्स अफ वुमन फ्रम डोमेस्टिक वायलोन्स एक्ट अनुसार उजुरी दिएकी हुन् । यो उजुरी मंगलबार तीस हजारी कोर्ट अफ चीफ मेट्रोपोलिटन मजिस्ट्रेट तानिया सिंहसमक्ष दर्ता भएको हो ।

अदालतले हनीलाई जवाफ दिनका लागि अगष्ट २८ सम्मको समय दिएको छ । शालिनीको हकमा अन्तरिम आदेश दिएको छ । जसमा हनीलाई दुवैको संयुक्त सम्पत्तिबाट टाढा बस्न भनेको छ ।

सन् २०१४ मा हनीले रियालिटी शो ‘इण्डियाज रस्टार’ मा आफ्नो श्रीमतिलाई पहिलोपटक सार्वजनिक गरेका थिए । बलिउडमा नाम बनाउनु अघि नै हनीले शालिनीलाई विवाह गरेका थिए । हनीले सन् २०११ बाट बलिउडमा गायन करियर सुरुवात गरेका थिए ।

सन् २०१२ मा रिलिज फिल्म ‘ककटेल’को गीत ‘अंग्रेजी बिट’बाट हनीले लोकप्रियता पाएका थिए । सन् २०२० मा उनले ‘छलांग’ र ‘मुम्बई सागा’का लागि गीत बनाएका थिए । ‘छलांग’को ‘केयर नी करदा’ र ‘मुम्बई सागा’को ‘शोर मचाएगा’ हिट भएको थियो । उनले केही फिल्ममा अभिनय पनि गरेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  १२ : ४९ बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६