एक वर्ष अध्यापन गराएका त्रिविका आशिंक शिक्षक निशर्त करार « Khabarhub

एक वर्ष अध्यापन गराएका त्रिविका आशिंक शिक्षक निशर्त करार


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आंगिक कलेजमा एक वर्षा अध्यापन गराएका आंशिक शिक्षक एक वर्षपछि निशर्त करार हुने भएका छन् ।

लामो समयदेखि करार गर्न माग गर्दे आन्दोलनमा रहेका शिक्षकहरुसँग त्रिविले सोमाबार सहमति गरेसँगै एक वर्ष अध्यापन गराएका शिक्षकहरु करार हुने भएका हुन् ।

आंशिक शिक्षकहरुको माग सम्बोधन गर्न त्रिविले प्राध्यापक विष्णु खनालको संयोजकत्वामा तीन संदसिय वार्ता टोलि गठन गरेको थियो । सोहि वार्ता टोलिले शिक्षक र पदाधिकारीसँग पटकपटक छलफल गरेर उक्त सहमति गरेका त्रिविका एक कर्मचारीले बताए ।

प्रध्यापकहरुले आंशिक शिक्षकहरुलाई करार गरेपछि मात्र उपप्रध्यापकको परीक्षा सञ्चालन गर्नुपर्ने माग राख्दै त्रिवि पदाधिकारी कार्यालयहरुमा तालाबन्दी समेत गरेका थिए । विगतमा शेरबहादुर देउवा प्रधानमन्त्री भएकै समयमा १ हजार ४२० आंशिक शिक्षकलाई करार गराउन मन्त्रीपरिषद्बाट पारित गराएका थिए ।

सोमबारको सहमतिमा ५८० आंशिक शिक्षक थप गरेर २ हजार को करार दरबन्दी हुनुपर्ने सहमति भएको त्रिविका एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार सरकारले करार गर्न निर्देशन दिए । सहमति भएका सबै आंशिक शिक्षक करार सेवामा जाने छन् ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ८ : १५ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा