आइतबारदेखि राजविराजका विद्यालय सञ्चालन हुने | Khabarhub Khabarhub

आइतबारदेखि राजविराजका विद्यालय सञ्चालन हुने


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज- सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि राजविराजका विद्यालय आइतबारदेखि  खुल्ने भएको छ ।

सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको थियो ।

सोहीअनुरुप राजविराज नगरपालिका नगर शिक्षा समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भदौ २० गतेदेखि  स्वास्थ्य मापदण्ड पालन गरी विद्यालय खोल्ने निर्णय गरेको छ ।

कोरोनाविरुद्ध स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी प्रत्येक तहमा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो ।

नगर शाखा अधिकृत भोगेन्द्रप्रसाद यादवद्वारा जारी विज्ञप्तिमा प्रत्येक तहमा उपल्लो कक्षाहरु मावितहका कक्षा १२, ११, १०, ९ सम्म, निमावि तहका कक्षा ९, ८, ६ तथा प्रावि तहका ५, ४ र ३ कक्षा सम्मका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्न भनिएको छ ।

विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनाएर  विद्यार्थी सङ्ख्याको आधारमा फरक फरक समयमा आइतबारदेखि सञ्चालन गर्न गराउन अनुरोध गरिएको छ  ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ७ : २५ बजे

बीपी राजमार्ग : अवरुद्ध हुन नदिन मर्मत गरिँदै

काभ्रेपलाञ्चोक– बीपी राजमार्गमा आसन्न चाडबाडमा अवरुद्ध हुन नदिन पुनः मर्मत

कर्णाली राजमार्ग अवरुद्ध : स्याउ बाटोमै कुहिने चिन्ता

कर्णाली– कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ बिक्री गर्न समस्या भएको

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध

बागलुङ– पहिरोले राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ

धरानमा बोतलको पानीभित्रै किरा, नियामकले थाल्यो अनुगमन

सुनसरी – पिउने पानी बिक्रीवितरण गर्दै आएको गङ्गाजल ब्रान्डको बोतलबन्द

लेखजंगले डिभोर्सको कागज सार्वजनिक गरेपछि रास्वपाले उम्मेदवारी रद्द नगर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले रास्वपाबाट रुपन्देही क्षेत्र