गृहमन्त्री खाँण बाढी प्रभावित क्षेत्रमा (फोटो फिचर) | Khabarhub Khabarhub

गृहमन्त्री खाँण बाढी प्रभावित क्षेत्रमा (फोटो फिचर)


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको बाढीपहिरो प्रभावित क्षेत्रको आज निरीक्षण गरेका छन् ।

गत असार १ र १६ गतेको वर्षाको कारण सो क्षेत्रमा बाढीपहिराले ठूलो धनजनको क्षति भएको थियो ।

गृहमन्त्री खाँणसहितको टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र सो वरपरका क्षेत्र तथा हेलम्बु गाउँपालिकाको वडा नम्बर–२ गणेशबजार क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो । सो अवसरमा गृहमन्त्री खाँणले भत्केका सडक, पुल, घर, कार्यालयलगायतका संरचना निर्माण तथा बाढीपहिरो प्रभावितको उचित व्यवस्थापन गर्न निर्देशन दिएका थिए । साथै टोलीले सो क्षेत्रमा बाढीपहिराबाट भएको क्षति तथा पहिरो प्रभावितको अवस्थाबाको बारेमा जानकारी लिएको थियो ।

गृहमन्त्रीसहितको सो टोलीमा सांसद शेरबहादुर तामाङ, पूर्वमन्त्री मोहनबहादुर बस्नेत, योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल, प्रदेशसभा सदस्य युवराज दुलाल र निमा लामा, गृहसचिव टेकनारायण पाण्डे, सडक विभागका महानिर्देशक अर्जुन थापा, सिँचाइ विभागका उपमहानिर्देशक प्रदीप थापा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल र हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा सहभागी छन् । सो टोलीले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत र हवाई अवलोकन गरेको जनाइएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणबाट शनिबार बाढी प्रभावित क्षेत्र मेलम्चीमा निरीक्षण ।
गृहमन्त्री बालकृष्ण खाँड र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलसहितको टोलीले शनिबार हेलम्बु गाउँपालिका-२ स्थित गणेश बगरका बाढीपीडितको अवस्था बुझ्दै । यहाँ ४५ घर अस्थायी टहरामा छन ।
गृहमन्त्री बालकृष्ण खाँणबाट शनिबार बाढी प्रभावित क्षेत्र मेलम्चीमा निरीक्षण ।
गृहमन्त्री बालकृष्ण खाँण नेतृत्वको प्रतिनिधिमण्डल शनिबार बाढी प्रभावित क्षेत्र सिन्धुपाल्चोकमा ।

तस्वीर : रासस

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  १२ : ५६ बजे

सुकेनास लागेको अर्थतन्त्र र सुधारको सूत्र

नेपालको पछिल्लो ३५ वर्षको राजनीतिक विसङ्गतिले सबैभन्दा गम्भीर प्रहार कतै

निर्माण कम्पनीको ढिलासुस्तीले बेलौरी–कलुवापुर सडकमा यात्रुलाई सास्ती

कञ्चनपुर– कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने बेलौरी–कलुवापुर सडक कालोपत्र  अझै पूरा

मकवानपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ मास्टरचोकमा गए राति यात्रुवाहक

प्रदेश संरचना तत्काल खारेज गर्नुपर्छ : कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रदेश

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक