बीपी साहित्य सम्मान पुरस्कार कवि मदन रेग्मीलाई « Khabarhub

बीपी साहित्य सम्मान पुरस्कार कवि मदन रेग्मीलाई


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बीपी कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष प्रदान गर्दै आएको बीपी साहित्य सम्मान पुरस्कार यसपटक आधुनिक नेपाली साहित्यका वरिष्ठ कवि मदन रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

पाँच दशकभन्दा पहिलेदेखि साहित्य साधनामा रहेर, नेपाली काव्य साहित्यमा महत्वपूर्ण योगदान पुर्‍याउने कवि मदन रेग्मीका कविता संग्रहरु र अरु धेरै साहित्यिक कृतिहरु प्रकाशित छन् । उनले नेपाली साहित्यको श्रीवृद्धिमा पुर्‍याएको योगदानको सम्मान गर्दै यो पुरस्कार दिने निर्णय गरिएको हो ।

त्यसरी नै बीपी स्मृति ट्रष्टले प्रत्येक वर्ष प्रदान गर्ने बीपी सेनानी पुरस्कार यो पटक भक्तपुर जिल्लाका प्रजातन्त्र सेनानी तिलक प्रकाश कायस्थलाई दिने निर्णय गरेको छ । लामो समयसम्म जेलमा र निर्वासनमा रहेर प्रजातन्त्र स्थापना, पुनःस्पना तथा लोकतान्त्रिक गणतन्त्र स्थापनामा समेत उनले पुर्‍याएको योगदानको कदर गर्दै यो पुरस्कार दिने निर्णय गरेको हो ।

यी दुबै पुरस्कार बीपी जयन्तीको दिन, यही भदौ २४ गते प्रदान गरिने छ । यो नगद पुरस्कारको राशी एक लाख एक हजार र एकाउन्न हजार रहेको छ । ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्यहरु — डा धुब्रचन्द्र गौतम् र सुशील मान शेरचन समेतको सिफारिस समितिको सर्वसम्मतिबाट यो निर्णय गरिएको हो ।

यसअघि २०७१ मा यो बीपी साहित्य सम्मान वरिष्ठ साहित्यकार स्व रत्नशम्शेर थापा र बीपी सेनानी सम्मान नुतन थपलियालाई २०७२ मा साहित्यकार गोपाल पराजुलीलाई र सेनानी सम्मान स्व तारानाथ कोइरालालाई, २०७३ मा साहित्य सम्मान पुरस्कार साहित्यकार भुवन ढुङ्गाना र सेनानी सम्मान स्व श्यामलाल श्रेष्ठलाई २०७४ मा साहित्य तर्फ प्रा डा अभि सुवेदी र सेनानी सम्मान दाङका तीर्थ राज चैतुलाई २०७५मा साहित्य तर्फ रोचक घिमिरे र प्रजातन्त्र सेनानी सम्मान स्व चक्र प्रसाद बास्तोलालाई र गत वर्ष २०७६ मा बीपी साहित्य सम्मान तिल बिक्रम नेवाङ र प्रजातन्त्र सेनानी सम्मान मधुकान्त सिंहलाई प्रदान गरिसकिएको छ ।

२०७७ को साहित्य सम्मान ज्ञानमणि नेपाल र प्रजानन्त्र सेनानी सम्मान होमनाथ दाहाल लाई प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ४ : ३० बजे

दुर्गा प्रसाईंलाई विमानस्थलबाट समातेर ठिमी लगिँदै

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अगुवा

रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह

कीएभ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र

आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढाउने कांग्रेस इतरको निर्णय

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई

तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले हरितालिका तीज पर्वले सामाजिक

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

ख्वप (भक्तपुर)- भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा