मनसुन बाहिरिन एक साता लाग्ने, बुधबारसम्म वर्षा हुने « Khabarhub

मनसुन बाहिरिन एक साता लाग्ने, बुधबारसम्म वर्षा हुने


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मनसुन पूर्णरुपमा बाहिरिन अझै एक साता लाग्ने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् निराज सापकोटाका अनुसार पश्चिमबाट सुधार हुँदै पूर्वतर्फ वर्षा भएर मात्रै मनसुन बाहिरिनेछ । त्यसका लागि कम्तीमा आगामी आइतबार/सोमबार लाग्न सक्नेछ ।

‘पश्चिमबाट सुधार हुँदै पानी पर्न कम हुँदै पूर्वतर्फ सरेर मात्रै मनसुन बाहिरिने हो, अझै केही दिन वर्षा हुन्छ, त्यसपछि हामी वुलेटिन निकालेरै सूचीत गर्छौँ, सम्भवत एक सातापछि मनसुन निस्क्रीय होला,’ सापकोटाले खबरहबसँग भने ।

सामान्यतयाः अक्टोबर-२ मा मनसुन बाहिरिने गरेकोमा यसपटक त्यस्तो भएको छैन । अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको छ ।

न्युन चापीय क्षेत्रको प्रभावले आज पनि देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसमविद् सापकोटाका अनुसार आज दिउँसो १/२ बजेदेखि साँझ ७ बजेसम्म काठमाडौँ उपत्यकासहित पहाडी भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

अझै पनि मनसुन सक्रिय रहेकाले कम्तीमा बुधबारसम्म देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने उनले जानकारी दिए ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ८ : १० बजे

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको