विभिन्न मुद्दाका ७ फरार प्रतिवादी पक्राउ « Khabarhub

विभिन्न मुद्दाका ७ फरार प्रतिवादी पक्राउ


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- जिल्ला प्रहरी कार्यालय कैलालीले विभिन्न मुद्दाका सात फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउपर्नेमा कैलारी गाउँपालिका–१ बस्ने विनोद चौधरी छन् । उनलाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतले तीन वर्ष ११ महिना पाँच दिन कैद सजाय तोकेको थियो । विसं २०७५ भदौ २० गतेदेखि उनी फरार रहेका थिए ।

प्रहरीले कैलालीकै बर्दगोरिया–६ बस्ने वर्ष २२ का अशोक चौधरीलाई पनि पक्राउ गरेको छ । उनलाई जबर्जस्ती करणीको कसूरमा अदालतले तीन वर्ष कैद सजायको फैसला गरेको थियो । उनी २०७२ असार २१ बाट फरार रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी कैलाली जिल्ला अदालतबाट लागुऔषध मुद्दामा २०६६ वैशाख १२ गते रु ५०० जरिवाना भई फरार रहेका धनगढी उपमहानगरपालिका–१ बस्ने शत्रुजित जोशीलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

अन्य पक्राउपर्नेमा वन मुद्दाका फरार प्रतिवादी धनगढी उपमहानगरपालिका–१७ बस्ने वर्ष १८ का अमन चौधरी, सोही ठाउँका वर्ष २९ का कृष्ण राना, वर्ष १८ का अभिषेक चौधरी र वर्ष ३० का बब्लु राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए ।

उनीहरुलाई २०७८ साउन ८ गते गौरीगङ्गा नगरपालिका-६ मा विनाइजाजत वन पैदावार ओसारपसार गरेको अभियोगमा डिभिजन वन कार्यालयले मुद्दा दायर गरी वन ऐन, २०७६ को दफा ५८९२० बमोजिम जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । आवश्यक कानूनी कारवाहीका लागि चारै जनालाई डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  १ : २० बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको