बिरामीको चापबढेपछि बहिरङग सेवाको समय थपियो « Khabarhub

बिरामीको चापबढेपछि बहिरङग सेवाको समय थपियो


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर अस्पतालमा बिरामीको चापबढेपछि बहिरङ्ग सेवाको समय बढाएको छ । अस्पतालले आजैदेखि सेवा समय बढाएको हो ।

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार बिहान ८ बजेदेखि टिकट खुल्ला हुनेछ भने ८ : ३० बजेबाट परीक्षण सुरु गरिने छ ।

बिरामीले टिकट काटिसकेपछि लामो समयसम्म कुर्न नपरोस् भनेर तीन छुट्टा–छुट्टै कक्षबाट यो सेवा सुरु गरिएको छ । यसअघि सञ्चालित बहिरग सेवा बिहान ९ बजेबाट नियमित नै सञ्चालन गरिने र यो सेवा सुरु गरेसँगै अस्पतालमा लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य हुने उनको भनाइ थियो ।

यो सेवामा मेडिकल जनरलिष्ट र मेडिकल अफिसरले बिरामीको परीक्षण गर्ने छन् । आवश्यकतानुसार थप परीक्षण गर्नुपर्ने भए विशेषज्ञकहाँ पठाउने व्यवस्था गरिएको मेडिकल सुपरिटेण्डेण्ट पौडेलले जानकारी दिएका छन् । टिकट काट्न र ओपिडीमा परीक्षण गर्न लामो समय पर्खनुपर्ने गुनासो आएकाले अस्पतालले सेवा विस्तार गरेको हो ।

अस्पतालले छिट्टै अनलाइनबाट बहिरङ्ग सेवाको टिकट काट्ने व्यवस्था गर्ने जनाइएको छ । कोरोनाको सङ्क्रमण घटेसँगै अन्य बिरामीको चाप बढ्दै गएको छ । सरकारी यस अस्पतालमा चितवनसहित छिमेकी १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन् । प्रसूति सेवाका लागि काठमाडौँको प्रसूतिगृह पछि सबैभन्दा धेरै प्रसूति सेवा दिनेमा यही अस्पताल पर्दछ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ३ : ०९ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा