शेयर बजार निरन्तर घट्न थालेपछि इन्भेष्टर्स फोरमको ध्यानाकर्षण « Khabarhub

शेयर बजार निरन्तर घट्न थालेपछि इन्भेष्टर्स फोरमको ध्यानाकर्षण


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालको पुँजी बजारको विकास र विस्तारका माग राखी नेपाल इन्भेष्टर्स फोरमले सरकारको ध्यानाकर्षण गराएको छ ।

शेयर बजार निरन्तर घट्न थालेपछि आज विज्ञप्ति जारी गर्दै फोरमले बजारको विकास र विस्तार तथा विश्वसनीयता बढाउन सरकार समक्ष पाँच बुँदे माग राखेको छ ।

पूँजी बजारको विकासका लागि विगतमा लगानीकर्ताले उठाएका माग समयमै सम्बोधन हुन नसकेकाले बजारमा नकारात्मक असर परेको फोरमका अध्यक्ष तुलसीराम ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

“लगानीमैत्री नीति निर्माणमा जोड दिएर बजारप्रति जनताको आकर्षण बढाउन र लगानी सुरक्षाको प्रत्याभूति दिलाइ बजारको विश्वसनियता बढाउन नीतिगत सुधार आवश्यक छ”, विज्ञप्तिमा भनिएको छ ।

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिकामा राखिएको शेयर धितो कर्जामा रहेको सीमासम्बन्धी व्यवस्था खारेज गर्नुपर्ने, नयाँ ब्रोकर सङ्ख्या थप्नुपर्ने, बैंकका सहायक कम्पनीलाई ब्रोकर अनुमति दिनुपर्ने, ब्रोकर कमिशन घटाउनुपर्ने, बजारको नियामक निकाय धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका प्रमुखको नियुक्ती यथाशक्य चाँडो गर्नुपर्नेलगायत माग फोरमले विज्ञप्तिमार्फत राखेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ९ : ४५ बजे

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौं – जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको