शेयर बजार निरन्तर घट्न थालेपछि इन्भेष्टर्स फोरमको ध्यानाकर्षण « Khabarhub

शेयर बजार निरन्तर घट्न थालेपछि इन्भेष्टर्स फोरमको ध्यानाकर्षण


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालको पुँजी बजारको विकास र विस्तारका माग राखी नेपाल इन्भेष्टर्स फोरमले सरकारको ध्यानाकर्षण गराएको छ ।

शेयर बजार निरन्तर घट्न थालेपछि आज विज्ञप्ति जारी गर्दै फोरमले बजारको विकास र विस्तार तथा विश्वसनीयता बढाउन सरकार समक्ष पाँच बुँदे माग राखेको छ ।

पूँजी बजारको विकासका लागि विगतमा लगानीकर्ताले उठाएका माग समयमै सम्बोधन हुन नसकेकाले बजारमा नकारात्मक असर परेको फोरमका अध्यक्ष तुलसीराम ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

“लगानीमैत्री नीति निर्माणमा जोड दिएर बजारप्रति जनताको आकर्षण बढाउन र लगानी सुरक्षाको प्रत्याभूति दिलाइ बजारको विश्वसनियता बढाउन नीतिगत सुधार आवश्यक छ”, विज्ञप्तिमा भनिएको छ ।

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिकामा राखिएको शेयर धितो कर्जामा रहेको सीमासम्बन्धी व्यवस्था खारेज गर्नुपर्ने, नयाँ ब्रोकर सङ्ख्या थप्नुपर्ने, बैंकका सहायक कम्पनीलाई ब्रोकर अनुमति दिनुपर्ने, ब्रोकर कमिशन घटाउनुपर्ने, बजारको नियामक निकाय धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका प्रमुखको नियुक्ती यथाशक्य चाँडो गर्नुपर्नेलगायत माग फोरमले विज्ञप्तिमार्फत राखेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ९ : ४५ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले