भक्तपुरका अधिकांश मासु पसल विना दर्ता सञ्चालनमा « Khabarhub

भक्तपुरका अधिकांश मासु पसल विना दर्ता सञ्चालनमा


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  भक्तपुरका अधिकांश मासु पसल विना दर्ता सञ्चालनमा रहेका पाइएको छ । भक्तपुर नगरपालिकाद्वारा गठित बजार अनुगमन समितिले आज गरेको अनुगमनका क्रममा ती पसलमा फोहरमा मासु बिक्री गरेको पाइएको जनाएको छ ।

समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा ब्रम्हायणी र तुमचो दुगुरे आवास क्षेत्रमा रहेका मासु पसलको अनुगमन गर्दा यहाँका सबै मासु पसल दर्तानै नगरी सञ्चालन गरेको पाइएको छ । साथै पसलमा फोहर, झिङ्गा भन्किएको, मासु सफा गर्ने ठाउँनै फोहर रहेको, फोहर पानीले मासु पखालेको, फ्रिज सफा नगरेको पाइएको छ समितिले जनाएको छ ।

यसैगरी सरसफाइमा ध्यान नदिएको, भुई, भित्ता सजिलै सफा गर्न मिल्ने गरी मार्वल वा टायल नराखेको, तराजु दर्ता तथा नवीकरण नगरेको, मासु सफा गरेको पानी सजिलै जान सक्ने व्यवस्था नभएको, सेतो एप्रोनको प्रयोग नगरेको, मासु काट्ने औजार र भाँडा नराखेको पाइएको निरीक्षक प्रजापतिले बताए ।

बजार अनुगमन गर्दा मासु पसलले न्यूनतम मापदण्ड पालना नगरेको पाइएको छ । दर्ता नभएकालाई अनगुमनकै क्रममा दर्ता गराइएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ९ : ३० बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले