भरतपुरमा ३६ घण्टापछि विद्युत चालु « Khabarhub

भरतपुरमा ३६ घण्टापछि विद्युत चालु


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर महानगरपालिकाको अधिकांश स्थानमा अवरुद्ध भएको विद्युत आपूर्ति ३६ घण्टापछि चालु भएको छ । मंगलबार दिउँसो १ बजेदेखि अवरुद्ध भएको विद्युत आपूर्ति बिहीबार बिहान १ बजेदेखि चालु भएको हो ।

भोजाडस्थित १३२/११ भरतपुर सवस्टेशनको ३० एमभिएका दुइटै पावर ट्रान्सफर्मर जलेपछि भरतपुर महानगरपालिका–१ देखि ५, ७ देखि १२, २९ र देवघाट क्षेत्रमा विद्युत आपूर्ति ठप्प भएको हो ।

विद्युत आपूर्ति अवरुद्ध भएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार सवस्टेशनको स्थलगत निरीक्षण गरि जतिसक्दो काम चाँडो गर्न निर्देशन दिएका थिए ।

विद्युत आपूर्ति बन्द भएपछि ५५ हजारभन्दा बढी सेवाग्राही प्रभावित भएको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव सिंहले बताए । भरतपुर सवस्टेशन ग्रिड महाशाखा हेटौंडा अन्तर्गत पर्छ । तत्कालका लागि महाशाखाले २२ एमभिएको ट्रान्सफर्मर जडान गरेर विद्युत आपूर्ति सहज बनाएको हो ।

बुधबार दिउँसो २ बजेदेखि उक्त ट्रान्सफर्मरमा तेल भरेर फिल्टर गर्न थालिएकोमा बिहीबार बिहान १ बजेबाट मात्रै विद्युत आपूर्ति सूचारु भएको हो । पोखराबाट अर्को २२ एमभिएको ट्रान्सफर्मर पनि ल्याइँदै गरिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । घिसिङले बुधबार राति पनि सवस्टेशनमा पुगेर निरीक्षण गरेका थिए ।

‘बिहीबार बिहानबाट त्यो जडानको काम सुरु हुन्छ’, उनले भने । लक्ष्मी पूजामा भरतपुरबासीलाई उज्यालोमा राख्ने गरि काम भइरहेको उनले बताए । ‘हाललाई एउटा मात्रै ट्रान्सफर्मर चार्ज गर्दा उद्योग बाहेकलाई पुग्छ । बिहीबार अर्को २२ एमभिएको ट्रान्सफर्मर जडान भइसकेपछि भरतपुरको सबै क्षेत्रलाई बिजुली पुग्छ,’ उनले भने ।

भरतपुरमा पछिल्लो पटक छिनछिनमै लाइन जाने समस्याले स्थानीयहरु हैरान भएका छन् । बुधबार अस्पताल लगायतका अत्यावश्यक स्थानमा छिमेकी सवस्टेशन पर्सा, चनौली र मुकुन्दपुरबाट ल्याएर वितरण गरिएको हो ।

देवनगरमा निर्माणाधीन अवस्थामा रहेको सवस्टेशन चार्ज हुन थालेपछि भरतपुरमा विद्युत आपूर्तिमा सहज हुने घिसिङले बताए । ‘पूर्वी चितवनमा ३३ केभी लाइन बनाउन दिइएको छैन । त्यसले गर्दा पनि यस्तो समस्या आएको हो,’ उनी भन्छन्, ‘त्यो लाइन भएको भए, त्यहाँबाट पनि हामीले बिजुली दिन सक्थ्यौं ।’

भरतपुरलाई भरपर्दो रुपमा बिजुली दिनका लागि यहाँ सवस्टेशन थप्न लागिएको उनले बताए । ‘फिडर थप्ने, तार भूमिगत गर्ने काम हुँदै छ । यो सबै भरपर्दो विद्युत आपूर्तिका लागि हो’, उनले भने, ‘अहिले यहाँ धेरै समस्या आएको कुरा मैले पनि सुनेको छु । केही ठाउँमा सडक विस्तारका क्रममा पनि लाइन जाने गरेको रहेछ ।’ भरतपुरमा प्राविधिक समस्या नआउनेगरी विद्युत आपूर्ति दिनका लागि सोहीअनुसार काम भइरहेको उनले बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ८ : ४१ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६